Comments Add Comment

छायाङ्कन नहुँदै कहाँ हराए यी फिल्म ?

clapboardनेपाली सिने उद्योगमा हल्लाखल्ला बढि गर्ने तर काम नगर्ने प्रबृत्ति एउटा रोगकै रुपमा फैलिएको छ ।
तामझामपूर्वक सिनेमाको नाम र कलाकार घोषणा गर्ने निर्माता निर्देशकहरु बषौर्ंसम्म पनि फिल्म छायाङ्कन थाल्न नसकेर सडकमै हल्लिरहेका हुन्छन् । तैपनि उनीहरुले त्यही सिनेमा नाममा आफ्ना दैनिकी गुजारिरहेकै हुन्छन् ।
लामो समय भयो नारायण पुरीले निर्देशन गर्ने भनेको ‘ए फर एप्पल’ बनेको छैन । अमेरिकामा लगेर छायांकन गर्ने भनिएको यो सिनेमा कहिले बन्छ स्वयं निर्देशकलाई नै थाहा छैन । अब त सिनेमाका लागि छानिएका कलाकार नै तितरबितर भैसकेका छन् ।
काँग्रेस नेता खुमबहादुर खड्कालाई प्रमुख अतिथि बनाएर निकै तामझामपूर्वक हल्ला गरिएको फिल्म ‘रेन्जर’ पनि अहिलेसम्म गर्भ मै छ । सिनेमा नबन्दा म्यूजिक भिडियोमा नै सिमित रहेकी नायिका नन्दिता केसीलाई आपत परिसक्यो । उनले अभिनय गर्ने भनिएको अर्को चलचित्र ‘केशरी’ पनि तुहिने अबस्थामा पुगेको छ ।
नन्दिताले काम त पाइन केवल बचनमा मात्र, उनी अहिले पनि यी दुई सिनेमा कहिले सुटिङ थाल्लान भनेर पर्खिरहेकी छिन् । केशरीको छायांकन कतारमा गर्ने भनिएको थियो ।
बिदेशमा सिनेमाको छायाङकन गर्ने हल्लाभित्र राम्रो लोकेसनको लोभमात्र हैन भन्ने सावित गरिदिएका छन अर्का निमार्ता रामप्रसाद रिजालले । उनको सिनेमाको छायांकनका लागि भनेर दक्षिण कोरिया पुगेका १३ जना कलाकारमध्ये ७ जनामात्र फर्किए । आर्यन सिग्देल र अशिष्मा नकर्मीले अभिनय गर्ने भनिएको यो सिनेमा पनि अहिले हावा खुस्किएको गाडी जस्तै भएको छ ।
चलचित्र ‘मन परेपछि’ निर्देशन गरेका सुमन दाहालले ‘नो स्मोकिङ’ बनाउने भनेको पनि लामै समय भयो । अग्ला हिरो लिएको देखि लोकेशन खोज्न हिडेको समाचार बने । तर, सिनेमाको छायांकन सुरु हुने सुरसारै छैन । तैपनि सुमनले सिनेमा बन्छ भन्न छोड्दैनन् ।
अविवाहित हुँदा कल्पना शाहीले ‘भर्जिन’ सिनेमामा काम गरिन् । यो सिनेमा बन्यो तर, कहिले चल्छ अत्तोपत्तो छैन । भर्जिन कल्पनाले घरजम गरिसक्दा पनि दर्शकले सिनेमा हलमा भर्जिनको दर्शन गर्न पाएका छैनन् ।
यी त केही उदाहरण मात्र हुन् । सिनेमा बनाउने भन्दा पनि ठूलो स्वरमा हल्लाखल्ला गर्ने तर बर्षौसम्म सिनेमा बनाउन नसक्ने प्रबृत्ति नेपाली सिने उद्योगमा बिकाश हुँदै गएको छ ।
नयाँ निर्माता निर्देशकहरु लहडकै भरमा सिनेमा बनाउँछु भनेर घोषणा गरेपनि काम थाल्दा नथाल्दै आत्तिएर भाग्ने गरेको पाइएको छ । कतिले सिनेमा बनाउँछु भनेर त्यसकै आडमा पैसा असुल्नेदेखि बिदेशमा सिनेमा छायाङ्कनका नाममा मानव ओसारपसारमा संलग्न हुनेसम्मका गतिबिधिमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment