+
+
Shares

सुनको मुल्य एक सय रूपैयाँ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ५ गते १२:४३

gold५ कात्तिक काठमाडौं । स्थानीब बजारमा बुधबार सुनको मुल्यप्रति तोला एक सय रुपैयाँले सस्तो भएको छ । मंगलबार मात्रै प्रतिताेला  ४ सय रूपैयाँले बढेकाे सुनकाे भाउ बुधबार एकसय रूपैयाँ सस्ताे भएकाे हाे ।

मंगलवार ५२ हजार ८ सयमा कारोबार भएको सुन बुधबार ५२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य लगभग स्थिर नै भए पनि डलर सस्तो भएपछि त्यसको प्रभावमा स्थानीय बजारमा बुधबार सुनको भाउ घटेकाे बताइएकाे छ। तर, तिहारकाे अवसर भएकाले मंंगलबार सुनकाे भाउ बढेकाे व्यवसायी बताउँछन् ।

अन्तराष्ट्रिय बजारमा मंगलबारको भन्दा प्रतितोला सुन करिब एक अमेरिकी  डलरले सस्ताे भएको छ । नेपालले डलरको भुक्तानीमा सुन खरिद गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?