+
+
Shares

काभ्रेस्थलीमा नाचेपछि कृषिमन्त्रीले भने- कर्मचारीतन्त्रले विकास गर्न दिएन

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ५ गते १९:४९

 Krishi५ कातिक काभ्रे । कृषिमन्त्री हरिप्रसाद पराजुलीले कृषि क्षेत्रको विकास नहुनुले कर्मचारीतन्त्रमाथि प्रश्न चिन्ह खडा भएको बताएका छन् । बुधबार काभ्रे जिल्ला पुगेका मन्त्री पराजुलीले कुटाेले काउली गाेड्नुका साथै केहीबेर कृषि गीतमा नाच्नसमेत भ्याए ।

विश्व खाद्य दिवस २०१४ को अवसरमा बुधबार काठमाडौंको काभ्रेस्थलीमा राष्ट्रिय कृषक महासंघ नेपाल काठमाडौ र नेपाल कृषि पत्रकार प्रतिष्ठान लगायतका विभिन्न ११ वटा संघ संस्थाको सहयोगमा  आयोजित कार्यक्रममा मन्त्री पराजुलीले प्रमुख अतिथि बनेका थिए।

सधै ठुला होटल र रेष्टुरामा मनाइने खाद्य अधिकार दिवसको कार्यक्रम राष्ट्रिय कृषक महासंघ नेपालको अगुवाइमा विभिन्न ११ वटा संघसंस्थाको सहकार्यमा गाउँ परिवेशमै काठमाडौको काभ्रेस्थलीमा किसानहरुको घर आगँनमा मनाएको हो । किसानको काउलीबारीमा कृषिमन्त्री पराजुलीले कुटोले गोडेर कार्यक्रम उदघाटन गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि कृषिमन्त्री पराजुलीलाई कृषि सन्देशमूलक लोक गीतमा स्थानीयले नचाएका थिए ।

कार्यक्रममा बाेल्दै मन्त्री पराजुलीले कृषिमा आत्मनिर्भरताका लागि नीति निर्माण तहमा रहेका विज्ञ कर्मचारीहरुले विगतमा कुनै पनि योजना तथा कार्यक्रम तर्जुमा गर्न नसकेकाे भन्दै कर्मचारीतन्त्रमाथि प्रश्न उठाए।

आफनो कार्यकालमा कृषिलाई माथि उकास्न नितिगत तहमै केही महत्वाकांक्षी योजनाहरु समावेश गरेको भन्दै बढीभन्दा बढी फाइदा लिन आम कृषकह्ररुलाई मन्त्रीले आग्रह गरे । व्यवसायिक कृषिका लागि अनुदानदेखि सस्तो ब्याजदरमा ऋणदेखि युवा महिलासम्मलाई लक्षित गरी ल्याइएको योजना कृषि विकासका लागि पर्याप्त नभए पनि सहयोगी हुने उनको भनाइ थियो ।

कार्यक्रममा खाद्य अधिकारसँग सम्बन्धित विभिन्न संघ सस्थाका अगुवाहरुले कृषिमा सरकारले ल्याउने नीति साना किसानहरुको हितमा भन्दा पनि व्यवसायिकताका नाममा व्यापारिक प्रतिष्ठानलाई माथि उकास्ने नीति भएको भन्दै विरोध जनाएका थिए ।

कार्यक्रममा पूर्व कृषि सहसचिव डाक्टर हरि दाहालले खाद्य सुरक्षाका लागि सरकारको ऐन निति नै प्रभावकारी नरहेका कारण खाद्य संकट बढदै गइरहेको बताए। सरकारले ल्याउन लागेको दीर्घकालीन २० बर्षे कृषि नीति पनि साना किसानाको हित नहुँदासमेत साना किसानहरु माथि उठ्न नसक्ने अधिकारीवादी अगुवाहरुको भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?