५ कात्तिक, काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघ र चीनको उहान नगरपालिकाबीच द्विपक्षीय हितका विषयमा समझदारी भएको छ ।
पाटन दरबार संग्रहालय परिसरमा भएको समझदार संघका तर्फबाट अध्यक्ष अजरमान जोशी र चीनको तर्फबाट निर्देशक लीउ टानपीङ्गले हस्ताक्षर गरे ।
समझदारीपत्रमा दुई पक्षको हितको लागि समन्वयात्मक तवरले अघि बढ्ने आपसी हितका क्षेत्रहरु पहिल्याउने, नेपाली हस्तकलाका सामग्रीहरुको बजार विस्तार गर्ने कुराहरु उल्लेख गरिएको छ ।
संघका अध्यक्ष जोशीले ललितपुर हस्तकलाको जिल्ला रहेको उल्लेख गर्दै यहाँका काष्ठकला, मूर्तिकला, तामाका भाडाँकुडाहरुको बजार विस्तारमा समझदारीले थप टेवा पुर्याउने विश्व्ाास व्यक्त गरेका छन् ।
जोशीले सन् २०१५ मा चीनको उहानमा हुने भनिएको व्यापारिक मेला नेपालका उद्यमीहरुले निकै कौतुहलतापूर्वक हेरेको बताउँदै त्यस मेला हस्तकलाका सामग्रीहरुको बजारको लागि राम्रो सम्भावना हुन सक्ने धारणा राखे ।
विभागका निर्देशक लीउटानपीङ्ग समझदारीले नेपालको विकासमा योगदान गर्ने चीन सरकारको चाहना पुरा गर्ने अवसर मिल्ने बताए ।
निर्देशक लीउटानपीङ्गले दुई देशबीचका सरकारीस्तरका सम्बन्ध मात्र नभई जनस्तरको सम्बन्ध पनि सुधार्ने अवसर पनि समझदारीले तयार गरेको बताएका छन् ।
सो अवसर चीनको उहान नगरपालिकाका उपमेयर साओवईमिनले आर्थिक विकासमा द्रुत गतिले अघि बढिरहेको चीनबाट छिमेकी मुलुक नेपाल उचित लाभ लिनुपर्नेमा जोड दिए ।
नेपाल चिनियाहरुको महत्वपूर्ण गन्तव्यको रुपमा विकास गरेर त्यसबाट नेपाल पनि समृद्धिको बाटोमा लाग्नुपर्ने उनको कथन थियो ।
ललितपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख ताराबहाुर कार्कीले समझदारीले दुवै नगरपालिकाको विकासमा मद्दत पुग्ने विश्व्ाास व्यक्त गरे ।
प्रतिक्रिया 4