+
+
Shares

फेसबुकले पत्ता लगाउछ चोरिएको पासवर्ड

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ५ गते २१:२८

५ कात्तिक, काठमाडौं । सामाजिक सन्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताको खाताको सुरक्षाको लागि स्वचालित सेवा विकसित गरेको छ । जस्ले वेबको निगरानी मार्फत् चोरी भएका वा मिल्दोजुल्दो शंकास्पद इमेल ठेगाना र पासवर्ड पत्ता लगाउछ ।

facebookयो सेवाले फेसबुक प्रयोगकर्तासँग जोडिएका जानकारीको जाँच गर्दछ र फेसबुकमा उल्लेख गरिएका विवरणसँग मेल खान्छ की खादैन भनेर तुलना गर्दछ । चोरी भएको संकेत पाउने वित्तिकै ति विवरणहरु एक प्रोग्राममा स्थानान्तरण गरिदिन्छ र कम्प्युटरको भाषामा विश्लेषण गर्दछ ।

यो स्वचालित प्रणालीले अरु कुनै इमेल, पासवर्ड वा विवरणहरु फेसबुक प्रयोगकर्ताको लगइन सूचनासँग मेल खान्छ की खादैन भनेर एकीन गर्दछ ।

‘जस्ले एउटै पासवर्ड अलग–अलग वेबसाइटमा प्रयोग गर्छन्, तिनिहरुको इमेल ठेगाना र पासवर्ड चोरी हुने धेरै सम्भावना हुन्छ,’ फेसबुकका सुरक्षा इन्जीनियर क्रिस लङ्गले आफ्नो ब्लगमा लेखेका छन्, ‘त्यसैले हामीले फेसबुक एकाउन्टलाई सुरक्षित राख्न विशेष प्रणाली विकसित गरेका छौं ।’

उनका अनुसार विशेष भनिएको यो प्रणालीले सार्बजनिक पोष्टमा पूरै सक्रियताका साथ निगरानी गर्दछ । ‘यदि कुनै फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरणसँग मिल्दोजुल्दो विवरण अन्त कतै पत्ता लाग्ने बित्तिकै यसबारेमा सूचित गर्छौं,’ फेसबुकका सुरक्षा इन्जीनियर क्रिस लङ्गले भनेका छन् ।

एजेन्सीको सहयोगमा

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?