चलचित्र छ एकान छ मा अभिनय गरेर एकाएक चर्चामा आएका कलाकार सन्दिप क्षेत्री नयाँ सिनेमामा अनुवन्धित भएका छन् । वितरक एवं निर्माता गोपाल कायस्थ (पानपराग)ले आफ्नो जन्मदिनको अबसर पारेर सन्दीपलाई सिनेमामा अनुवन्धित गरेका हुन् ।
संझौता रकमको रुपमा कायस्थलेे दिएको रकम कहिले पनि खर्च नगर्ने कलाकार सन्दिपले बताए । हङकङ नेफ्टा अवार्डमा सहभागी भएर नेपाल फर्किने क्रममा मलेसियाको एयरपोर्टमा सन्दिपलाई कायस्थले नयाँ सिनेमा लुटेरामा अनुवन्धित गरेका हुन् ।
आफूले नजिकको देवता नचिनेको कायस्थले बताए । सन्दिपको अभिनय क्षमता आफूले नेफ्टा अवार्डमा देखेको र भूमिका सुहाउँने भएपछि अनुवन्धित गरेको कायस्थले बताए ।
यो सिनेमालाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् । चलचित्रमा नायक निखिल उप्रेती मुख्य भूमिकामा देखिदैछन् । गतबर्ष चलचित्र सेतो वाघका लागि निर्देशक निर शाहले पनि छायांकार सन्जय लामालाई उड्दै गरेको प्लेनमा अनुवन्धित गरेका थिए ।
प्रतिक्रिया 4