Comments Add Comment

सुमिनाको जवानीमा दिक्पालको आँखा (भिडियो सहित )

dikpal-and-sumina
काठमाडौ । शम्भु प्रधान निर्देशित पछिल्लो फिल्म ‘रंग बैजनी’को नयाँ टे्रलर सार्वजनिक भएको छ । दिक्पाल कार्की, सुमिना घिमिरे र गरिमा पन्तको मुख्य भुमिका रहेको यस फिल्ममा सुमिना घिमिरेको जवानीमा दिक्पालले आँखा लगाएका छन् पटक-पटक ।
फिल्मभित्र सुमिना र गरिमाले प्रेम प्राप्तिका लागि संघर्ष गरेपनि सुमिनाको जवानीमा दिक्पालको आँखा गढेको बुझिएको छ । यस फिल्मको एउटा गीत केही अघि नै सार्वजनिक भइसकेको छ ।
१२ वर्षपछि फिल्म निर्देशनमा फर्किएका प्रधानले यो फिल्म नचलेमा आफुले समय चिन्न नसकेको महसुस् गर्ने बताएका छन् । सम्झना, स्वर्ग, सोर्‍ह वर्षे जोबन लगायत दर्जन बढी फिल्म बनाएका प्रधान ‘स’ अक्षर प्रेमी निर्देशकका रुपमा चिनिन्छन् ।
यस फिल्ममा प्रधानकी श्रीमति नुतन प्रधानको आलेख रहेको छ । निर्देशनवाट केही समय टाढिएका प्रधान अहिले फिल्म सुटिङका लागि स्टुडियो सञ्चालन गरेर बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment