Comments Add Comment

‘लज्जा’ र ‘स्टूपिड मन’को तारिफ

jiwan-and-chadani-main
शुक्रबारबाट प्रदर्शनमा आएका २ नेपाली सिनेमा ‘लज्जा’ र ‘स्टूपिड मन’ले दर्शकबाट तारिफ पाएका छन् । ठूलो हिन्दी सिनेमासँग भिडन्त गर्नुपर्दा केही अप्ठ्यारो परेतापनि नेपाली सिनेमा हेर्ने दर्शकले दुबै सिनेमालाई रुचाएका छन् ।

प्रदर्शन अगावै गीतका कारण चर्चामा आएका दुई नेपाली सिनेमालाई हेर्ने दर्शकले प्रशंसा गरेका छन् । आर्यन सिग्देल र शिल्पा पोख्रेलको अभिनय रहेको चलचित्र ‘लज्जा’लाई नवल नेपालले निर्देशन गरेका हुन् । aaryan-and-silpa

छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमालाई छविराज ओझाले लगानी गरेका हुन् । यस्तै, निरज बरालको प्रस्तुतीमा विवेक शाहीले बनाएको चलचित्र ‘स्टूपिड मन’लाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् ।

चलचित्रमा जीवन लुइटेल, निरज बराल, रिज्जु श्रेष्ठ र चाँदनी शर्माको मुख्य भूमिका छ । दुबै सिनेमाको कथावस्तु र प्रस्तुतीलाई दर्शकले रुचाएका छन् । ‘लज्जा’को भन्दा कम हल पाएका कारणले पनि ‘स्टूपिड मन’को व्यापार केही कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment