+
+
Shares

२२ दलको चियापान केपी ओलीद्वारा बहिस्कार

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ११ गते ७:१८

22 dal tea (4)

१० कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादी सहित २२ दलले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम नेकपा एमाले अध्यक्ष केपी ओलीले बहिस्कार गरेका छन् ।

दिपावली, नेपाल सम्वत्, छठ, ईद, ल्होसार लगायतका चाडपर्वको अवसरमा २२ दलीय मोर्चाले सोमबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रम ओलीले बहिस्कार गरेका हुन् ।

एमाओवादी नेतृत्वको मोर्चाले दिएको निम्तोलाई ओलीले लत्याएपछि मोर्चाका संयोजक तथा एमाओवादी अध्यक्ष प्रचण्डले दुःखेसो पोखे ।

‘उहाँ (ओली) आइदिएको भए राम्रो हुन्थ्यो तर आउनु भएन,’ चियापान कार्यक्रममा सन्चारकर्मीलाई प्रतिक्रिया दिदै प्रचण्डले भने, ‘कांग्रेसले, एमालेले गरेको चियापान कार्यक्रममा हामी सहभागी भएका थियौं, ओली जी नआए पनि माधव नेपाल जी आउनु भएको छ, मैलै सिंगो एमाले नै आइदिएको ठानेको छु।’

22 dal tea (2)

प्रचण्डले सबै दल सहमतिमा अघि बढ्नुपर्ने र संविधान पनि सहमतिमा जारी गर्नुपर्ने दोहोर्‍याए । उनले भने, ‘नेपालका राजनीतिक दलहरु बाझ्न पनि र मिल्न पनि जानेका छन्, यो देखेर विश्व पनि चकित छ ।’

यसैगरी एमाले नेता माधव नेपालले पनि सहमतिको आधारमा माघ ८ मै नयाँ संविधान जारी गर्नुपर्ने बताएका थिए ।

22 dal tea (1) 22 dal tea (3) 22 dal tea (7) 22 dal tea (11) 22 dal tea (16)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?