+
+
Shares

४ दिन प्रि–बजेट छलफल हुने

आइतबार प्रतिनिधि सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १८:२३

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभामा प्रि–बजेट छलफल चार दिनसम्म चल्नेछ।
  • छलफल ३० र ३१ वैशाख र १ र २ जेठमा हुनेछ।
  • आइतबार अर्थमन्त्रीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गर्न प्रस्ताव गरेका थिए।

२८ वैशाख, काठमाडौं । संसद्मा प्रि–बजेट छलफल चार दिन हुने भएको छ ।

आइतबार प्रतिनिधि सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसमाथि चार दिन छलफल हुने जानकारी सभामुख देवराज घिमिरेले दिएका हुन् ।

उनका अनुसार यही ३० र ३१ वैशाख तथा १ र २ जेठमा प्रतिनिधिसभामा प्रि–बजेट छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?