Comments Add Comment

झरना खलपात्र बनेपछि अरुको के काम ?

JHARANA-THAPA
सिनेमा भित्र खलपात्र भन्ने वित्तिकै लामो कपाल पालेको, ठूलो ज्यान भएको पुरुषलाई वुझिन्थ्यो । अब, समय फेरिदै गएको छ । अब, खलपात्र चर्चामा रहेका, शरिर मोटा भएका पुरुष मात्र होइन, सुन्दर नायिकाहरु पनि हुन थालेका छन् ।

पात्रलाई कुन तबरले ढाल्ने भन्ने कुरा निर्देशकमा भर पर्दछ । खलपात्रका लागि अब वजनदार पुरुष नै खोज्नु नपर्ने भएको छ । खलपात्रको रुपमा पछिल्ला केही बर्षमा नायिका झरना थापा अगाडि देखिएकी छिन् । झरनाले अभिनय गरेका धेरै सिनेमाबाट उनी उत्कृष्ट खलपात्रको विधामा अवार्ड जितिरहेकी छिन् । एक साताको फरकमा हङकङमा आयोजना भएका दुई फरक अवार्डमा झरनाले उत्कृष्ट खलपात्रको विधामा अवार्ड चुमिन् ।

‘सातौ नेफ्टा फिल्म अवार्ड’ र ‘इन्फा अवार्ड’मा झरना उत्कृष्ट खलपात्र ठहरिदै गर्दा अन्य चर्चित पुरुष भिलेनहरु पनि पछि परे । झरनाले ‘नेफ्टा फिल्म अवार्ड’मा लगातार ३ पटक खलपात्रको विधामा उत्कृष्ट हुँदै अवार्ड चुमेकी हुन् ।

यी बाहेक नेपालमा आयोजना भएका अन्य विभिन्न अवार्डमा पनि झरना उत्कृष्ट खलपात्रको विधामा अवार्ड जितिरहेकी छिन् । यसको मतलब अब के, खलपात्रको परिचय फेरिएको हो त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment