Comments Add Comment

फिल्ममा नलिएपछि दीपकलाई सन्दिपको यस्तो जवाफ

dipak-and-sandip
पहिलो सिनेमा ‘छ एकान छ’मा काम गरेका कलाकार सन्दिप क्षेत्री ‘वडा नम्बर ६’मा भने दोहोरिएनन् । ‘छ एकान छ’मा विभिन्न लफडाका कारण नखेलेका विल्सन विक्रम राई ‘वडा नम्बर छ’मा खेल्न राजी भए ।

विल्सनले नखेलेपछि ‘छ एकान छ’मा अवसर पाएका सन्दिपलाई निर्माता दीपकराज गिरीले ‘वडा नम्बर छ’मा नलिएपछि विभिन्न चर्चा सुरु भएको छ । दीपकले सिनेमा बनाउँदा कलाकारमाथि व्यसायिक खेल खेलेको बताउँनेहरु पनि कम छैनन् ।

‘वडा नम्बर छ’मा भूमिका नपाउनुको बारेमा सन्दिपलाई प्रश्न गर्दा उनले भने-‘मेरो घर ‘वडा नम्बर २’ मा पर्छ । यसैले मलाई २ को बारेमा मात्र थाहा छ, ‘वडा नम्बर छ’ को बारेमा केही थाहा छैन ।’ उनले आफूलाई बचाउने जवाफ दिए । तर, दीपकको सिनेमामा नदोहोरिदा सन्दिपले खल्लो मानिरहेका छन् ।\

यो सिनेमामा सन्दिप मात्र होइन, निर्देशक दीनेश डीसी र नायिका नीता ढुंगाना पनि देखिने छैनन् । नायिकाको रुपमा भने नीतालाई प्रियंका कार्कीले उछिन्ने वुझिएको छ । चलचित्रलाई उज्वल घिमिरेले निर्देशन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment