Comments Add Comment

ऋचाले किन अशिष्मालाई बोलाउँदै छायांकन छोडिन् ?

richa-and-ashisma

एक म्यूजिक भिडियोको लागि सेटमा पुगिसकेकी कलाकार ऋचा शर्माले मेकअप पनि गरिन् । मेकअप गरेर पहिलो दृश्य छायांकनको समयमा उनलाई अप्ठ्यारो पर्यो । कारण, उनको गालामा आएको एलर्जी थियो । उनको गालामा देखिएको एलर्जीलाई मेकअपले पनि छेक्न नसकेपछि ऋचालाई आपत्त पर्यो ।

क्यामेरामा समेत ऋचाको गालामा देखिएको एलर्जी नछोपिएपछि उनले छायांकन नगरौ भनिन् । भिडियो छायांकनका लागि तयार भएका निर्देशक प्रदिप निरौला पनि दोधारमा परे । सबै यूनिट सेटमा पुगिसकेकाले पनि छायांकन रोक्ने अवस्था थिएन । ऋचाले आफ्नो ठाउामा कलाकार अशिष्मा नकर्मीलाई सिफारिश गरिन् । अशिष्मा पनि तत्काल सेटमा पुगिन् ।
ashisma-and-resh-maharatha

म त तिम्रो न फापेको मान्छे बोलको गीतमा अशिष्माले नायक रेश महरठ्ठासाग काम गरेकी हुन् । निकिता थापाको स्वर, गोविन्द प्रसाद उपाध्यायको शब्द र हरी लम्सालको संगीत रहेको गीतलाई सत्य २ एल्बमबाट लिइएको हो ।

गीतमा नफापेको, नजुरेको जस्ता शब्द प्रयोग गरिएको हुनाले भिडियोमा अन्धविश्वास र धार्मिक आस्थालाई मुख्य बिषय बनाएको निर्देशक प्रदिप निरौलाले जानकारी दिए । भिडियोमा अचानक अभिनय गर्न परेपनि काम राम्रो भएको कलाकार अशिष्मा नकर्मीले बताइन् ।
res-ashisma-and-pradip

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment