Comments Add Comment

तक्मे बुढाको कमेडीले हमजाएगालाई होला फाइदा ?

 HAMJAYAGA-nepali-movie
दर्शकमाँझ तक्मे बुढाको नामले परिचित विल्सन विक्रम राइ सिनेमाको पर्दा भन्दा सिरियलमा हिट छन् । तर, पनि उनले एकपछि अर्को सिनेमामा काम गरिनै रहेका छन् । उनले अभिनय गरेको चलचित्र हमजाएगा मंसिर ५ गतेबाट प्रदर्शनमा आउँदैछ । उसो त सिनेमा भित्र बाबु बोगटी मुख्य भूमिकामा छन् । तर, सार्वजनिक गरिएको प्रचार सामाग्रीमा विल्सनको कमेडी पाटोले दर्शक तान्ने विश्वास गरिएको छ ।
भोजबहादुर गुरुङको प्रस्तुतीमा तयार भएको यो सिनेमालाई सुरेन्द्र पुनले निर्देशन गरेका हुन् । दार्जिलिङमा मोटर चलाउने एक ड्राइभर हमजाएगा नामबाट प्रख्यात थिए । उनकै नामलाई सापटी लिएर नेपाली सिनेमा निर्माण गरिएको हो । चलचित्रमा विल्सनको रोचक कमेडी दृश्यहरु छन् । जसले दर्शकलाई हलसम्म तान्ने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment