Comments Add Comment

सवारी भाडा नबढाउन संसदीय उपसमितिको निर्देशन

१२ कात्तिक, काठमाडौं । व्यवस्थापिका-संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले तत्काल सवारी भाडा वृद्धि नगर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।

उपसमितिका संयोजक सुवासचन्द्र शाह ठकुरीको अध्यक्षतामा बुधबार भएको बैठकले इन्धनको मूल्य क्रमशः घट्दै गएकाले सवारी तथा यातायात व्यवस्था ऐनबमोजिम प्रक्रिया पूरा गरेर मात्र भाडा बढाउन निर्देशन दिएको हो ।

हाल भाडा वृद्धि गर्न पूरा गर्नुपर्ने प्रक्रियाहरू बाँकी नै रहेका देखिएकाले उपसमितिको यही कात्तिक १० गतेको निर्देशनअनुसार प्राविधिक एवम् सरोकारवालाको प्रतिवेदन प्रस्तुतिपछि मात्र निर्णय गर्न उक्त मन्त्रालय र त्यस मातहतको मन्त्रालयलाई बैठकले निर्देशन दिएको संयोजक ठाकुरले बताए ।

साथै बैठकले सवारी ऐनमा भएको दण्डजरिवानाको व्यवस्था, सवारी चालक अनुमतिपत्र, यात्री सेवा तथा सुरक्षाजस्ता विषयमा पनि सुधार गर्न उक्त मन्त्रालयलाई निर्देशन दिएको छ ।

मूल्यवृद्धिको औचित्य पुष्टि नभएकाले थप अध्ययन गर्न पनि उपसमितिले निर्देशन दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment