+
+
Shares

आफ्नै फिल्म जुधेपछि वर सरे आर्यन

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १३ गते १०:३३

aaryan-sigdel-in-aabeg
नेपाली सिनेमाका कलाकारहरु बर्षमा अफर आएका सबै काम गर्छन् । झन, चल्तिका नायक-नायिकाका लागि त यो कुरा झनै लागू हुन्छ । नायक आर्यन सिग्देलको यो बर्ष मात्र आधा दर्जन भन्दा बढी सिनेमा हलमा लाग्नेछन् । जसका कारण, अन्य प्रतिस्पर्धी नायकसँगको त कुरै छोडौ, आर्यन आफैसँग भिड्दैछन् ।

फाल्गुण १५ गते बसन्त निरौलाको निर्देशनमा चलचित्र ‘आवेग’ प्रदर्शनमा आउने कुरा थियो । तर, आर्यनकै अर्को चलचित्र ‘पुनर्जन्म’ सोही मितिमा आइदियो । एकैदिनमा, एउटै नायकको सिनेमा लगाउँदा दुबै सिनेमाका निर्माणपक्षलाई घाटा लाग्ने पक्का थियो ।

यसकारण, केही समय पहिला नै प्रदर्शन मिति तोकेको ‘आवेग’ यूनिटले फाल्गुण १५ लाई स्थगित गर्दै फाल्गुण ८ गते प्रदर्शन मिति तय गरेको छ । सूर्य कार्कीको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा आर्यनका अलaवा धु्रव दत्त, पवित्रा आचार्य, अर्चना डेलालाको मुख्य भूमिका छ ।

कलाकारले पनि अफर आएका सबै सिनेमा गर्दा निर्मातालाई गाह्रो हुन्छ भन्ने वुझ्न जरुरी छ । एकै बर्षमा धमाधम सिनेमा प्रदर्शन हुँदा आर्यनका लागि पनि जोखिम देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?