१४ कात्तिक, ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ललितपुरका तत्कालीन प्रमुख हरि बखती सहित ७ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तत्कालीन ललितपुर नगरपञ्चायतको सभाबाट १३ आना ३ पैसा सरकारी जग्गा घर बनाउन वितरण गरेकोले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मालपोत कार्यालय ललितपुरका तत्कालीन प्रमुख हरि बखती सहित तत्कालीन उपसचिव पद्मनिधि सोती, नायब सुब्बाहरु रामप्रसाद भुसाल, बिमल ढकाल, कृष्णकुमार केसी र सूर्यप्रसाद कोइराला विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । यसैगरी नापि कार्यालय ललितपुरका तत्कालीन नापी अधिकृत भरतसिंह ऐर विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
उनीहरुले ललितपुर उपमहानगरपालिका ३ स्थित ८८२ कित्ता नम्बरको सरकारी जग्गा वितरणको अधिकार नै नभएको तत्कालीन ललितपुर नगरपञ्चायतको सभाबाट वितरण गरेको अख्तियारको ठहर छ ।
सातैजना विरुद्ध ६६ लाख रुपैयाँ विगो कायम गरी हदैसम्मको दण्ड सजाय मागदावी सहित मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4