Comments Add Comment

फापेकी नीता छोडेर दीपकले रोजे प्रियंका

priyanka-and-nita

चलचित्र ‘छ एकान छ’मा कलाकार नीता ढुंगाना खुबै फापिन् । यो चलचित्रले बक्स अफिसमा गजबकै व्यापार गर्‍यो । चलचित्र हिट भयो तर नीताको चर्चा सुनिएन । चलचित्र हिट भैसक्दा दीपकको सम्बन्ध हिरोइनसँग बिग्रिसकेको थियो । नीता र चलचित्रका निर्देशक दीनेश डीसीसँग सम्बन्ध बिग्रिएपछि प्रचारमा दीपक आफै खटिए । चलचित्रको सफलता पार्टीमा नीता देखिइनन् । बारम्बार फोन गरेर खबर गर्दा पनि नीता नआएको गुनासो दीपकले बारम्बार गर्दै आएका छन् ।
सायद, निर्माणपक्षसँग राम्रो सम्बन्ध भएको भए दीपकले नै बनाउन लागेको नयाा चलचित्र ‘वडा नम्बर ६’मा नीता अनुबन्धित हुन सक्थिन् । तर, यसो नभएपछि यो चलचित्रमा मोडल तथा कलाकार प्रियंका कार्की अनुवन्धित भएकी छिन् ।
सफल सिनेमा भन्दा पनि धेरै सिनेमा गर्ने कुरामा अगाडि छिन् प्रियंका । ‘नाई नभन्नु ल २’को सफलताले प्रियंकाले फाइदा भएन । उनका यो बर्ष लगातार चलचित्र असफल भैरहेका छन् । तर, चलचित्रमा एक सेक्सी आधुनिक यूवती चाहिएकाले दीपकले प्रियंकालाई रोजेका छन् ।
उज्वल घिमिरेले  निर्देशन गर्ने यो चलचित्रमा विल्सन विक्रम राई अनुवन्धित भैसकेका छन् । नीता र प्रियंकामध्ये कसले दीपकलाई फाइदा देला, समयले नै बताउानेछ । तर, प्रियंकाले पनि धेरै भन्दा सफल चलचित्र गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment