Comments Add Comment

दुई अवार्डमा नन्दिताको ७० हजारको पहिरन

nandita-dres
पहिरनले हिजोआज नेपाली चलचित्रका कलाकारलाई छोप्न थालेको छ । नायिकाहरु कार्यक्रममा आकर्षक देखिन पहिरनमा विशेष ध्यान दिन थालेका छन् । यसैले पनि उनीहरुको राम्रै रकम बुटिकका लागि लगानी हुने गरेको छ ।

कात्तिक ३ र ९ गतेगरि हङकङमा २ वटा नेपाली चलचित्रा अवार्ड आयोजना भए । अवार्ड समारोहमा नायिकाहरुले पहिरनमा राम्रै रकम खर्च गरेर आफूलाई आकर्षक देखाउने कोशिश गरे ।
नेपालमा रहदा पनि नायिका नन्दिता केसीको पहिरन सधै चर्चामा रहन्छ । चलचित्रको संख्या शुन्य हुादा नन्दिताको चर्चा पहिरनका कारणले धेरै हुन थालेको छ । सायद, यही भएर पनि होला उनी राम्रै रकम खर्च गरेर पहिरन लगाउने गर्छिन् । nandita-nefta-aaward

नन्दिताले एक साताको अन्तरमा भएका अवार्ड समारोहमा ५५ सय हङकङ डलर खर्च गरेर पहिरन तयार गरिन् । हङकङमै रहेकी माया पुर्जाले नन्दिताका लागि २ वटा वन पिस डिजाइन गरेकी हुन् । दुई पहिरनको करिब ७० हजार नेपाली पर्छ । nandita-kc

पहिरनमा आकर्षक देखिएकी नन्दिताले कार्यक्रम अनुसार ड्रेस लगाउन आवश्यक रहेको बताइन् । आफूलाई सुन्दर बनाउनदेखि पहिरनमा नेपाली नायिकाहरुको रकम खर्च हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment