Comments Add Comment

२ दिनमा ‘टलकजंग भर्सेस टुल्के’को व्यापार ३२ लाख

Talak-jung

‘लुट’ चलचित्र बनाएर चर्चा कमाएका निर्देशक निश्चल बस्नेतको दोश्रो प्रतिक्षारत चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ यतिबेला काठमाण्डौका १९ वटा हलमा लागिरहेको छ । सिंगलभन्दा मल्टिप्लेक्स हलमा व्यापार राम्रो गरिरहेको फिल्मको माउथ पब्लिसिटी मिश्रति छ ।

चलचित्रले २ दिनमा करिब ३२ लाखको व्यापार गरेको वितरक कम्पनी पपकर्नले जनाएको छ । चलचित्रको व्यापार हेरिरहेका पपर्कनका लगानीकर्ता समेत रहेका माधव वाग्लेका अनुसार फिल्मले २ दिनमा २९ लाख ग्रस कलेक्शन गरेको छ । एफक्यूबको हिसाब प्राप्त नभएको वाग्लेले बताए । एफक्यूबको समेत जोड्दा ३२ लाख पुग्ने वाग्लेको हिसाब छ । २ दिनमा निर्माताको हातमा १२ लाख हारहारीको रकम पर्न जान्छ ।

चलचित्रले मल्टिप्लेक्स हलमा राम्रो व्यापार गरेपनि सिंगलमा सोचेजस्तो नभएको वाग्लेले जानकारी दिए । वाग्लेले भने-‘चलचित्रले व्यापार नराम्रो गरेको छैन । तर, हामीले सोचेजस्तो भएन ।’ चलचित्रले क्यूएफएक्समा सवैभन्दा राम्रो कलेक्शन गरेको वितरक कम्पनी पपकर्नले जानकारी दिएको छ । रविन्द्र बाानियाको निर्माणमा तयार भएको यो चलचित्रमा खगेन्द्र लामिछाने, ऋचा शर्मा, सुशांक मैनाली लगायतका कलाकारले अभिनय गरेका छन् । टलकजंग र टुल्के नामले चिनिने एक पात्रको वरिपरी चलचित्र घुमेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment