Comments Add Comment

तस्बिरसँगै ‘होस्टेल रिटन्र्स’को प्रदर्शन मिति सार्वजनिक

hostel-returns
चलचित्र ‘होस्टेल’ बनाएर चर्चा कमाएका निर्माता सुनिल रावलले यसको दोश्रो भाग पनि बनाएका छन् । ‘होस्टेल रिटन्र्स’ नाम दिइएको यो चलचित्रको प्रदर्शन  मिति तय गरिएको छ । चलचित्र आउँदो बर्षको वैशाख २५ गते प्रदर्शन हुने निर्माण कम्पनीले जनाएको छ । बुटवलमा छायांकन गरिएको चलचित्रको हाल सम्पादन भैरहेको छ ।

चलचित्रलाई नयाँ योजनाका साथ दर्शकमाँझ लैजाने तयारी दुर्गिस फिल्मस्ले गरेको छ । छात्रावासमा बस्ने पात्रहरुको जीवनशैली, प्र्रेम, आकर्षणलाई प्रस्तुत गरेको चलचित्रलाई सुरज भुषालले निर्देशन गरेका हुन् । चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, दीया मास्के लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा स्वप्निल आचार्यको संगीत, हरि हुमागाइको छायांकन, अष्ट महर्जनको एक्सन, गोविन्द राइको नृत्य, सुरज भुषाल र सन्तोष लम्सालको पटकथा समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment