Comments Add Comment

‘गृहमन्त्रीको हालत दक्ष प्रजापतिको जस्तै’

१६ कात्तिक, काठमाडौं । गृहमन्त्री बामदेव गौतमले माफी मागेपछि व्यवस्थापिका संसदको अवरोध हटेको छ ।

फाइल फोटो
फाइल फोटो

गृहमन्त्रीले हिन्दुहरुको धार्मिक आस्थामा चोट पुर्‍याएको भन्दै कमल थापा नेतृत्वको राप्रपा नेपालले शुक्रबारको संसद बैठक अवरुद्ध पारेका थिए ।

गौतमले माफी नमागे आइतबार पनि सदन चल्न नदिने राप्रपा नेपालको चेतावनीपछि गृहमन्त्री झुकेका हुन् । सरकार र राप्रपा नेपालबीच गृहमन्त्रीले क्षमा माग्दै सम्बोधन गर्ने सहमति भएपछि बैठक सुरु भएको थियो ।

सुरुमा राप्रपा नेपालका सभासद दिलानाथ गिरीले गृहमन्त्री प्रति कटाक्ष गर्दै स्वस्थानीको कथामा महादेवको आलोचना गर्दा दक्ष प्रजापतिको के हालत भएको थियो । याद राख्नुहोला ।’

लगतै गृहमन्त्री गौतमले संसदलाई सम्बोधन गर्दै माफी मागे । उनले भने-‘म पनि हिन्दु धर्मको संस्कारमा हुर्किएको हुँ । मैले हिन्दुको अनादर गर्ने कुरै भएन ।’

आफूले महादेवको अनादर गरेको नभइ प्रतिकात्मक रुपमा मात्र भनेको उनले बताए । गृहमन्त्री अघि भने-कुन कुन शब्दले अपमान महसुस भयो, म ती शब्दहरु फिर्ता लिन चाहन्छु ।’

यो पनि पढ्नुहोस् 

कमल थापाले भने- गृहमन्त्रीलाई तह लगाउनुस्, नत्र विद्रोह हुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment