Comments Add Comment

कारजत्रो फर्सी फलाएर विश्व किर्तिमान, तौल ९ सय ५१ किलो

pumpkins

फर्सीको आकार नै कारजत्रो । के कुनै फर्सी साढे ९ सय किलोको हुनसक्ला ? सायद नहुनुपर्ने हो । तर स्विजरल्याण्डका एक किसानले भने ९ सय ५१ किलोको फर्सी फलाएका छन् ।
३० वर्षका बेनी मेयरले फलाएको फर्सी विश्वको सबैभन्दा ठूलो फर्सी हो । अमेरिकाका टिम र सुसान म्याथिसनले फलाएको फर्सीको रेकर्ड त्यो फर्सीले तोडेको हो ।
ठूलो आकारका फर्सी फलाउने अभियानकर्ता समूह ग्रेट पम्पकिन कमनवेल्थका अधिकारीको उपस्थितिमा जर्मनीमा उक्त फर्सीको तौल गरिएको थियो ।
उक्त फर्सीलाई जर्मनीको क्लेस्तोमा प्रदर्शनीमा राखिएको छ । नोभेम्बर २ सम्म फर्सीलाई प्रदर्शनीमा राखिनेछ र त्यसपछि उक्त फर्सीलाई काटेर त्यसको सुप सबै दर्शकलाई खुवाइनेछ ।
उक्त फर्सीको सुप त सबैलाई खुवाइनेछ तर बियाँ भने विशेष महत्वको रहनेछ । त्यति भिमकाय फर्सीको बिउ हात पार्न सबैले इच्छा गर्ने अनुमानका साथ उक्त फर्सीको बियाँलाई लिलामीमा राखिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment