Comments Add Comment

सलमानलाई ऐश्वर्या राय सम्झाउँदै सन्नी

salman and sunny
मुम्बई । नयाँ फिल्म ‘लीला’मा ऐश्वर्या राय बच्चनको ‘ढोली तारो ढोल बजे …’ बोलको गीतमा पोर्न स्टार सन्नी लियोनले डान्स गर्ने भएकी छिन् ।
अहिले सन्नी यही फिल्मको सुटिङका लागि रिहर्सलमा ब्यस्त छिन् । गीतको सुटिङ मुम्बईको फिल्म सिटीमा गरिने भएको छ ।
यो गीत सन् १९९९ मा ऐश्वर्या राय र सलमान खान अभिनित हिन्दी फिल्म ‘हम दिल दे चुके सनम’ को हो । पुरानो गीतमा ऐश्वर्या र सलमानले अभिनय गरेका थिए । अब यहि गीतमा सलमान र सन्नीले नृत्य गर्ने छन् ।
गीत एउटा फेष्टिवल कन्दि्रत भएकाले विषेश बनाउन यसका कोरियोग्राफर लागेका छन् । नृत्यमा सलमान र सन्नीले परम्परागत भारतीय पोशाक लगाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment