+
+
Shares

नेपालको राजनीतिक गतिरोधबारे नर्वेमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १७ गते ११:१२

norveyओस्लो । नर्वेको राजधानी ओस्लोमा संबिधान निर्माण र नेपालको वर्तमान राजनैतिक गतिरोधबारे छलफल कार्यक्रम सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच नर्वेको अयोजनामा क्रिन्सो स्टुडेन्ट भिलेजको पार्टी हलमा भएको कार्यक्रममा ओस्लोमा बसोबास गर्ने नेपालीहरुको सहभागिता भएको थियो । दिउसो ३ बजेबाट प्रारम्भ भएर राती ९ बजे सकिएको कार्यक्रममा बक्ताहरुले नेपालका राजनैतिक दलहरु व्यक्तिगत स्वार्थबाटमाथि उठेर संबिधान निर्माणमा संबेदनशील हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांशले नेपालको राजनैतिक वातावरण सुदृढ भएको खण्डमा आफूहरु नेपाल फर्केर बिकाश निर्माणका कामहरुमा लगानी गर्न तयार भएको बताए ।

सन्तोष पौड्यालले संचालन गरेको उक्त कार्यक्रम प्रवासी नेपाली मञ्चका कार्यवाहक अध्यक्ष अमर सिंह र गैरआवासीय संघ नर्वेका उपाध्यक्ष कुमार पण्डितको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रमको अन्त्यमा दशैँ, तिहार, इद, छडपर्व र ल्होसारको शुभकामना आदानप्रदान तथा रात्रिभोज गरिएको थियो । उक्त कार्यक्रम प्रवासी नेपाली मंच नर्वेले आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?