Comments Add Comment

रबिना टण्डन नेपाली गहनामा र्‍याम्पमा देखिदै

rabina-tandan-in-rampनेपाल रत्न तथा आभुषण संघको आयोजनामा यही कात्तिक २१ गतेदेखि ‘दोश्रो रत्न तथा आभुषण’ प्रदर्शनी हुँदैछ । याक एण्ड यति होटलमा संचालन हुने कार्यक्रमका लागि सो स्टपर बन्दै बलिउड चर्चित नायिका रबिना टण्डन नेपाल आउँदैछिन् ।

कार्यक्रमलाई २ भागमा विभाजन गरिएको आयोजकले जनाएको छ । जसमा कात्तिक १९ गते फेशन शोको आयोजना गरिएको छ । फेशन शोको सो स्टपर बन्दै स्टेज तताउन रबिना नेपाल आउन लागेकी हुन् । उनी भोली नेपाल आउने कार्यक्रम छ । नेपाली गहना पहिरिएर रबिना र्‍याम्पमा जानेछिन् ।

नेपालको मौलिक कालीगढी, गरगहना डिजाइनका क्षेत्रमा भएको परिवर्तन, शुद्धता, गुणस्तरीयता जस्ता पक्षलाई उपभोक्ता समक्ष उजागर गर्ने मूल उद्देश्यका साथ यो प्रदर्शनी आयोजना गर्न लागिएको हो । फेशन शोमा १० वटा गरगहना निर्माणमा संलग्न कम्पनीहरुले आफ्ना गरगहनाका साथ मोडललाई र्‍याम्पमा उतार्ने तयारी गरेका छन् ।

गरगहनाको क्षेत्रमा करिब २० अर्व बराबरको लगानी भएको अनुमानित तथ्यांक छ । कुल बजारको करिब ८० प्रतिशत हिस्सा नेपाली गरगहनाले लिएको अनुमान गरिएको छ । यो प्रदर्शनीको करिब १० हजारले अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment