Comments Add Comment

एकादशीमा सखरखन्ड र सिंगाडाको व्यापार बढ्यो

Sakharkhanda-bikri

सलमान खान

१७ कार्तिक, भैरहवा । कन्दमुलका रुपमा रहेको सखरखन्ड (गन्जी) र सिंगडा (तलाउ, पोखरीमा फल्ने फल)  फलको ब्यापार  अत्याधिक बढेको छ  । सोमबार ठुलो एकादशी पर्व रहेका कारण सखरखन्ड र सिंगडा फलको व्यापार बढेको हो ।

रुपन्देही जिल्ला सदरमुकाम भैरहवा, बुटवल, लुम्बिनी, धकधई, देबदह, मणिग्राम लगायतका ग्रामीण बजारहरुमा सखरखन्डको ब्यापार बढेको व्यवसायीहरुले बताएका छन् ।

भैरहवा बजारमा एकादशीका दिन बिहानै रातो र सेतो सखरखन्ड (गन्जी) तथा सिंगडा (तलाउ, पोखरीमा फल्ने फल) बिक्री गर्न बस्ने घुमन्ते ब्यापारीहरु कहा फुटकर बिक्री अत्यधिक भएको पाइएको छ ।

एकादशीका दिन सखरखन्ड रातो सेतो दुबैको मुल्य प्रतिकेजी ४० देखि ६० रुपैयाँ सम्ममा बिक्री भएको सिद्धार्थनगर नगर पालिका ६ भैयाटोलका ब्यापारी अब्दुल रहमानले बताए । पर्वका सिजनमा मात्र बिक्री हुने भएकाले ग्राहकहरु खोजी खोजी आउँछन्,राम्रो बिक्री भयो, रहमानले भने ।

उता अन्य समय निकै कम खपत हुने र कम मुल्यमा बिक्री हुने सिंगडा पर्वका बेलामा ५० रुपैयाँ सम्ममा बिक्री भएको छ । अरु बेला २० रुपैयाँ किलोमा पनि बिक्न गाह्रो हुन्छ,तर आज ५० रुपैयाँमा बिक्री भैरहेको गल्लामन्डीका व्यवसायी हनुमान दास कहारले बताए ।

एकादशी पर्वमा सखरखन्ड, सिंगडा, तरुल, पिडालु लगायतका कन्दमुल र फल ब्रत बस्नेहरुले उसिनेर अथवा पोलेर खाने गर्दछन् ।
बजार आउने सखरखन्डमध्ये केही जिल्लामै र केही पहाडी जिल्लाबाट आयात हुन्छ भने ७५ प्रतिशत भन्दा बढी भारतबाट आयात हुने गरेको छ । व्यवसायीहरुले भारतको मुजप्फरपुर, बनारस लगायतका स्थानबाट सखरखन्ड आयात गरी यहाँ बिक्री गर्ने गरेका छन् ।

जिल्लामा व्यवसायीक खेती नहुँदा सखरखन्ड आयातका लागी लाखौँ रुपैया विदेशीने गरेको कृषकहरु बताउँछन् । रुपन्देहीमा मात्रै एकादशी पर्वमा करीव ८ टन भन्दा बढी सखरखन्ड बिक्री भएको अनुमान गरीएको छ । त्यस्तै गरी आजका दिन उखुको बिक्री पनि बढेको छ । मर्चवार, बनगाई दरखसवा लगायतका क्षेत्रबाट उखु आयात गरी बिक्री भएको पाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment