Comments Add Comment

भारतीय निर्देशकले भने- हिन्दी फिल्म बकवास हुन्

Shyam-Benegal
काठमाडौ । प्रसिद्ध निर्देशक श्याम बेनेगललाई अहिले बनिरहेका हिन्दी फिल्म पटक्कै मन पर्दैन । अचेलका बलिउड फिल्म केबल पैसामुखी भएको उनले टिप्पणी गरे ।
बीपी कोइराला नेपाल-भारत फाउण्डेशन र भारतीय दूतावासद्धारा काठमाण्डौमा आयोजित ‘भ्वाइसेज’ को १८ औ श्रृङखलामा उनले यस किसिमका असन्तुष्टि ब्यक्त गरेका हुन् । ‘अहिलेका हिन्दी फिल्ममा भारतीय समाज देख्न पाइदैन फिल्ममा प्रविधि हाभी भयो’ उनले भने ।
राम्रा फिल्मका लागि प्रविधि र उपकरण भन्दा विषयबस्तु महत्वपूर्ण हुने धारणा राख्दै उनले भने ‘मौलिक विषयमा फिल्म बनाउनुस् । प्रविधि कमजोर भए पनि फरक पर्दैन ।’
विश्व बजारमा हिन्दी फिल्म प्रवेश गर्दा निकै खुसी भएका बेनेगल अहिले निरास छन् । उनी निराश हुनुको कारण हो विश्व बजारमा हिन्दी फिल्म त गयो तर, भारतीय संस्कृतिले प्रवेश पाएन ।
दक्षिण एशियाली सिनेमाको आफ्नै स्वरुप हुनुपर्ने धारणा राख्ने बेनेगल हिन्दी फिल्मले आफ्नै परिचय मेटेकोमा त दुःखी छन् नै अन्य प्रान्तिय फिल्मले समेत बलिउडकै शैलि अंगालेकोमा चित्त बुझेको छैन् । ‘केही वर्ष अघिसम्म प्रान्तिय फिल्महरु राम्रा बन्थे तर, अहिले प्रान्तिय फिल्म पुरै बलिउड शैलिमा आउन थाले । यो चिन्ताको विषय हो ।’ उनले भने ।
दादा साहेक फाल्के, नेशनल अवार्ड लगायत अन्य थुप्रै अवार्डवाट सम्मानित बेनेगलले निशान्त, मन्थन, अंकुर, जुनुन, कलियुग जस्ता कालजयी सिनेमा बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment