Comments Add Comment

संयुक्त लगानी गर्नेबारे एनआरएनबीच जर्मनीमा छलफल

NRN-Germanyम्यूनिख । एनआरएनए जर्मनी र हिमालयन परिवार म्युनिखको संयुक्त आयोजनामा जर्मनीमा नेपाली समुदायबीच संयुक्त लगानीको अबधारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रम जर्मनीको म्युनिख शहरमा सम्पन्न भएको छ।

एनआरएनएका निवर्तमान अध्यक्ष जीबा लामिछानेको प्रमुख अतिथ्यता र एनआरएनएका महासचिव कुमार पन्त, आइसीसी सदस्य दावा शेर्पा र एनआरएनए युकेका सुभाश अधिकारीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा जर्मनीमा बसोबास गर्ने नेपाली समुदायबीच आपसमा मिलेर होटेल व्यवसायमा संयुक्त लगानी गर्ने योजनामा बिस्तृत छलफल तथा यस्को अबधारणाको व्याख्या गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि जीबा लामिछानेले बिदेशमै नेपालीहरुको बीचमा सयुक्त लगानीको माध्यमबाट अघि बढ्ने कार्य जर्मनीमा पहिलो भएको जानकारी दिदै त्यस्को प्रसंशा गरे ।

धेरैलाई समेटेर अघि बढ्दा आइपर्ने बिभिन्न ब्यबधानहरुको र  ब्यवसायमा आइपर्ने बिभिन्न समस्याहरुकोबारेमा जानकारी दिदै  जर्मनीमा संयुक्त लगानीको नेतृत्व गरिरहेकाहरुले बिचार  पुर्याएर बिबेकशील ढंगबाट मात्र अघिबढ्नु पर्ने उनको सुझाब थियो।

बिदेशमै रहेर पनि संयुक्त लगानी गर्न सकिने अबधारणा पहिलो पटक एनआरएनहरुबीच प्रस्तुत गरेका कार्यक्रमका अतिथि कुमार पन्तले आफ्नो होटेल ब्यसायमा अफूले प्राप्त गरेको अनुभवका आधारमा  नेपालीहरुकोबीचमा हुन गैरहेको संयुक्त लगानीमा सहयोग गर्ने पूर्ण प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा एनआरएनए जर्मनीका बारीश्ठ उपाद्यक्ष तथा संयुक्त लगानी तदर्थ समितिका संयोजक नबराज रोस्याराले पावर प्वाइन्ट प्रेजेन्टेसन मार्फत हाल सम्म जर्मनीमा भईरहेको संयुक्त लगानीका गतिबिधिहरु र आगामी कार्ययोजनाकोबारेमा प्रकाश पारेका थिए ।

संयुक्त लगानी सम्बन्धी कानुनी पक्षको जानकारी दिनको लागि जर्मनीको म्युनिख शहरका वकिल तथा ट्याक्स बिशेषज्ञ किप्रिआन जोन स्टेब्लालाई आमन्त्रण गरिएको थियो।

जनसंपर्क समिति जर्मनीका अध्यक्ष शरण केसी,  ओवेर्सिज नेपाली फोरमका खड्ग न्यौपाने, इन्सोफका बिनोद अधिकारी लगायत बिभिन्न पार्टीका भातृ संगठनहरुको समेत आतिथ्यता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा म्युनिखबासी नेपालीहरुकोसमेत उल्लेखनिय उपस्थिती थियो।एनआरएनए जर्मनीका अध्यक्ष हरेन्द्र वनेमको सभापतित्व भएको कार्यक्रमको संचालन हिमालयन परिवारका अध्यक्ष हरी न्यौपानेले गरेका थिए ।

एनआरएनएका महसचिव पन्त जर्मनीको ब्यापारिक केन्द्रको रुपमा चिनिने फ्र्यान्क्फोर्ट शहरमा होटेल ब्यवसाय सफलतापूर्वक संचालन गर्दै आएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment