Comments Add Comment

चोलीको तुनामा माया (भिडियो)

choliko-tunama
नेपाली गीतका शब्दहरु पनि अचम्म लाग्दा लेखिन थालेका छन् । नव-गायिका डेनी रेग्मीको आवाजमा समावेश एक गीतले यस्तै शब्द बोकेको छ । ‘मैले चोलीको तुनामा राखेको माया’ बोलको गीतको भिडियो पनि सार्वजनिक भैसकेको छ ।

आशिष घिमिरेले निर्माण गरेको भिडियोलाई दीपेन्द्र घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा काजोल पाण्डे र दीपेन्द्र घिमिरेले नै अभिनय गरेका छन् । भिडियोमा रविन्द्र बरालको छायांकन, निशान घिमिरेको सम्पादन, देवेन्द्रराज पाण्डेको कोरियोग्राफी छ । भिडियोको छायांकन पोखरा, काठमाण्डौ, चितवनमा गरिएको हो ।

वीपिन आचार्यले संगीत भरेको गीतलाई शीव सुवेदीले लेखेका हुन् । गायिका डेनीले आफूले यूवाहरुलाई ध्यानमा राखेर डान्सिङ नम्बर बजारमा ल्याएको बताइन् । हिजोआज क्षणिक चर्चामा आउनका लागि मात्र गीत तयार पार्ने चलन बढ्दै गएको छ । जसका कारण गीतका शब्ददेखि म्यूजिक भिडियोले पनि आलोचना भोग्न थालेका छन् । नव-गायिका डेनीको चोलीको तुनामा गाँठो पर्ने मायाले कस्तो चर्चा पाउने हो समयले नै बताउँनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment