+
+
Shares

नेपालले व्यापारबाट अपेक्षित लाभ लिन सकेन : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १८ गते १८:१९

Ramsaran mahat

१८ कात्तिक काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले दक्षिण एसिया व्यापारिक दृष्टिले विश्वमै कम एकीकृत क्षेत्र भएकोले आफ्ना अन्तर्निहीत संभावनाहरुबाट अपेक्षित लाभ लिन नसकिरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग सासेकको पारबहन तथा व्यापार सहजीकरण  सम्वन्धी पााचौं बैठकलाई सम्बोधन गर्दै महतले यस्तो बताए ।

‘विश्वका जनताको ठूलो हिस्सा यस क्षेत्रमा बसोबास गरिरहेको छ तर विश्वको कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको हिस्सा भने न्युन रहेको छ’ उनले भने- यस क्षेत्रमा व्यापार प्रवर्द्धनका सन्दर्भमा क्षेत्रीयरुपमा एकीकृत काम हुन नसकेकोले अपेक्षित लाभ लिन नसकिरहेको अवस्था छ ।

त्यस्तै विश्वको तुलनामा न्युन आर्थिक बृद्धि, न्युन विकास, कम औषत आयु, उच्च बाल मृत्युदर तथा मातृ मृत्युदर लगायत मानब विकास सूचकांकमा पछाडि परेको उनको भनाई थियो ।

मन्त्री महतले उन्नतशील क्षेत्रको रुपमा स्थापित हुन दक्षिण एसियाली मुलुकहरुमा अझ ठूलो मात्रामा स्रोत परिचालन गर्नुपर्ने र मेहनत गर्नुपर्ने खााचो रहेको उल्लेख गरे । यस क्षेत्रको आर्थिक बृद्धि र  विकासका लागि एकीकृत र सुसंयोजित प्रयास आवश्यक भएको उनले बताए ।

‘पारबहन तथा व्यापार सहजीकरणले यस क्षेत्रलाई एकीकृत गरी लाभ लिनका लागि निणर्ायक भूमिका निर्वाह गर्नेछ’ उभने भने । महतले सासेक मुलुकहरुबीच गत मार्चमा भएको पारवहन तथा व्यापार सहजीकरणसम्वन्धी सहमतिले यस क्षेत्रको आर्थिक सहयोग आदान प्रदानलाई ठोस बल पुर्‍याएको बताए ।

सो अवसरमा अर्थसचिव सुमनप्रसाद शर्माले दक्षिण एसिया क्षेत्रको आर्थिक सम्वन्धलाई एकीकृत गर्न सासेकले उल्लेख्य भूमिका निर्वाह गरेको बताए । सो कार्यक्रममा एसियाली विकास बैंकका महानिर्देशक हुा किमले पनि बोलेका थिए ।

बैठकमा नेपाल लगायत भारत, भूटान, माल्दिभ्स, बंगलादेश, श्रीलंकाका प्रतिनिधिहरुले भाग लिइरहेका छन भने बैठक बुधबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?