Comments Add Comment

बुद्ध जन्मिएको देशमा आउँदा खुशी छु : रविना टण्डन

Raveena tandon in ktm

काठमाण्डौ । मंगलबार काठमाण्डौ आइपुगेकी बलिउड अभिनेतृ रबिना टण्डन संचारकर्मीमाझ निकै खुशी देखिइन् । पहिलो पटक नेपाल आएकी रबिनाले यहाँको उच्च हिमालको बारेमा धेरै सुनेको बताइन् ।

केही समयअघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध नेपालमा जन्मिएको बताएर सबैको मन जितेका थिए ।

रबिनाले पनि नेपाललाई बुद्ध जन्मस्थलका रुपमा स्वीकार्दै यहाँ आउन पाउँदा खुसी लागेको बताइन् । ‘म वुद्ध धर्म त मान्दिन । तर, बुद्धको जन्मथलो नेपालमा आउन पाउँदा अत्यन्त खुशी छु ।’

उनले यसो भन्दै गर्दा होटल याक एण्ड यतिको हलमा ताली बज्यो ।

jellery expo and fashion expo (4)

रबिना भोली आयोजना हुन लागेको एक फेशन शोमा सो स्टपर बन्दैछिन् । नेपाल जेम एन्ड ज्वोलरी एसोसियसनले आयोजना गर्न लागेको नेपाल जेम्स एन्ड ज्वोलरी एक्स्पो २०१४ मा रबिना र्‍याम्पमा उत्रनेछिन् । नेपालमै उत्पादन भएका गहनामा रबिनाले क्याटवाक गर्ने बताइएको छ ।

रबिनासँगै स्टेजमा मोडल तथा कलाकार पि्रयंका कार्की, पूर्व मिस नेपालहरुका साथै विभिन्न मोडलहरु देखिनेछन् । नेपालका गहनालाई विश्वव्यापी बनाउन ५ दिनसम्म गहना प्रदर्शनी आयोजना गर्न लागिएको हो । जसमध्ये भोली बुधबार फेशन शोको आयोजना गर्न लागिएको छ ।

रबिनाले नेपालका गहना २४ क्यारेटकै हुने भन्दै भारतमा पनि यसको प्रचार गर्ने बताइन् । भारतका मिडियाले पनि नेपालका गहनाको बारेमा प्रचार गरेको भन्दै उनले आफूले केही गरगहना खरिद गर्ने जानकारी दिइन् । आफूलाई नेपालको लुम्बिनी घुम्न र हिमाल हेर्न मन लागेको बताइन् ।

आफूलाई अंग्रेजी भाषा भन्दा हिन्दी नै धेरै बोल्न आउने भन्दै रबिनाले हिन्दी भाषामा नै जवाफ दिने प्रयास गरिन् ।

भोली फेशन शो आयोजना गरेसँगै आयोजकले ३ दिन गहना प्रदर्शनी गर्नेछ । करिब १० हजारले यो प्रदर्शनीको अवलोकन गर्ने विश्वास आयोजकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment