दुवई । नेपाल पत्रकार महासंघ दुबइले नेपाली गतिविधिहरु समेटिएको मासिक खबर बुलेटिन प्रकाशन गर्ने भएको छ । नेपाल पत्रकार महासंघ युएई शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले “नेपाली गतिविधी” मासिक पुनः प्रकाशन गर्ने निर्णय गरेको हो ।
पत्रिकाको प्रधान सम्पादकमा अर्जुन दाहाल, उपसम्पादकमा भुपराज बस्याल, सहसम्पादकमा लक्ष्मण खनाल र हरी नेपाली रहने निर्णय भएको बताइएको छ ।
पत्रिकाको बजार ब्यवस्थापकको जिम्मा भने मेघराज सापकोटा, शेखर चापागाई र उत्तम अधिकारीले सम्हाल्ने सहसम्पादक नेपालीले जानकारी दिए । साथै वैठकले प्रवासी पत्रकारहरुको मध्यपूर्व गोष्ठीको आयोजना समेत गर्ने निर्णय गर्दै समन्वयको लागि अध्यक्ष अर्जुन दाहाललाई जिम्मेवारी सुम्पेको छ ।
शाखाका अध्यक्ष अर्जुन दाहालको अध्यक्षतामा अरब उडुपी रेष्टुरेन्टमा बसेको वैठकमा महासंघको चौथो अधिवेशन, पत्रकारिता तालिम, अन्तक्रिर्या कार्यक्रम र तिहारको अवसरमा खेलिएको देउसीभैलौ कार्यक्रमको समीक्षा गरिएको थियो ।
प्रतिक्रिया 4