१९ कात्तिक, काठमाडौं । नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राज्ञिक मर्यादामाथि गम्भीर आक्रमण गरेको आरोप प्राध्यापकहरुले लगाएका छन् ।
अख्तियारले प्रज्ञिक क्षेत्रहरुमा एकपछि अर्को गरी आतंक सिर्जना गर्नुका साथै प्राज्ञिक क्षेत्रलाई तहसनहस पार्न खोजेको प्राध्यापकहरुको ठहर छ ।
अख्तियारविरुद्ध उत्रिन भन्दै प्राध्यापकहरुले प्राज्ञिक मर्यादा संरक्षण समिति नामक संगठन निर्माण गरेका छन् । सोही संगठनको ब्यानरमा बुधबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी उनीहरुले अख्तियारले प्राज्ञिक व्यक्तिहरुको छविमाथि नै प्रश्नचिन्ह खडा गरेको आरोप लगाए ।
अख्तियारको गतिविधिले प्राध्यापकहरु दोहोरो मारमा परेको कार्यक्रम संयोजक मनोजकुमार कर्णले गुनासो गरे । दोषीलाई कारबाही गरिनु जायज भए पनि सत्यतथ्य नकोट्याई अपराधीसरह व्यवहार गर्नु कतिको उचित नभएको कर्णको भनाई छ ।
अख्तियारले हालसम्म पूर्वाञ्चल, पोखरा, मध्य पश्चिम विश्वविद्यालयलगायत त्रिभुवन विश्वविद्यालयमा छापा मारेको आर्थिक अनियमितता गरेको भन्दै पदाधिकारीहरुविरुद्ध मुद्दा समेत चलाएको छ ।
प्रतिक्रिया 4