२० कात्तिक, काठमाडौं । बार्यन म्युनिखसँगै पेरिस सेन्ट जर्मेन, बार्सिलोना र एफसी पोर्टो च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
जर्मन च्याम्पियन बार्यन म्युनिखले रोमालाई २–० ले पराजित गरेको छ । उसका लागि फ्राङ्क रिबेरी र मोरियो गोट्जेले गोल गरे ।
अर्को खेलमा सीएसकेए मस्कोले ९ खेलाडीमा सिमित म्यानचेष्टर सिटीलाई २–१ ले पराजित गरेको छ । सिटीका फर्नाडिन्होले ७० औं र याया टोरेले ८१ औं मिनेटमा रातो कार्ड पाएका थिए ।
४ खेलबाट १२ अंक जोडेको बार्यन समूह डीको शीर्ष स्थानमा छ । रोमाको ४ अंक छ भने सीएसकेए मस्कोको पनि समान ४ अंक छ । म्यानचेष्टर सिटी भने २ अंकका साथ पुछारमा छ ।
बार्सिलोना अन्तिम १६ मा
अर्को खेलमा पेरिस सेन्ट जर्मेनले एपोइल निकलाई १–० गोलले पराजित गरेको छ । उसका लागि काभानीले निर्णायक गोल गरे ।
बार्सिलोनाले १० खेलाडीमा सिमित एयाक्सलाई २–० ले पराजित गरेको छ । उसका लागि दुबै गोल मेस्सीले गरे ।
जितपछि समूह एफबाट फेरिस सेन्ट जर्मेन र बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् । पेरिस सेन्ट जर्मेनको ४ खेलबाट १० अंक छ भने बार्सिलोनाको ९ अंक छ ।
पोर्टो पनि नकआउट चरणमा
एफसी पार्टोले एथ्लेटिको बिल्बाओलाई २–० ले पराजित गरेको छ । शाख्तर डोनेस्कले बाटेलाई ५–० ले पराजित गरेको छ ।
जितसँगै ४ खेलबाट १० अंक जोडेको पोर्टो समूह एचबाट नकआउट चरण पुगेको छ भने ८ अंक जोडेको नोडेक्स अन्तिम १६ नजिक छ ।
चेल्सी बराबरीमा रोकियो
अर्को खेलमा चेल्सी भने एनके मारिबोरसँग १–१ को बराबरीमा रोकिएको छ । चेल्सीका हजार्डले पेनाल्टी चुकाएका थिए ।
स्पोर्टिङले शाल्केलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।
चेल्सी ४ खेलबाट ८ अंकका साथ समूह जीको शीर्ष स्थानमा छ । शाल्केको ५ तथा स्पोर्टिङको ४ अंक छ भने मारिबोर ३ अंकसहित पुछारमा छ ।
प्रतिक्रिया 4