Comments Add Comment

सार्कको निहुँमा काठमान्डाैमा बन्ने भए दुर्इ पार्क, शुल्क तिरेरमात्र छिर्न पाइने

Saarc२० कात्तिक, काठमाडौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलनको मौकामा दुईवटा पार्क ब्यवस्थित गरिने भएको छ ।
काठमाडौ उपत्यका विकास प्राधिकरणले वर्षौर्देखि बेवारिसे बनेको नारायणचौरमा नन्दीकेशर बगैंचा र कमलपोखरीमा पार्क बनाउन लागेको गोरखापत्रमा खबर छ ।
प्राधिकरण नगरि विकास आयुक्त डा.भाइकाजी तिवारीले तीन करोड रुपैंयाँ लागतमा पार्क निर्माण गर्न लागिएको जानकारी दिए ।
‘पार्क निर्माण गर्ने योजना अघिदेखिकै हो’, उनले भने,’पार्क बनाउन सार्कको अवसरलाई छोप्यौं ।’ सार्कमा नेपाल आउने विशिष्ट अतिथिको सवारीलाई समावेश नगरिए पनि साथमा आएका अन्य पाहुना त्यही बाटो भएर आवतजावत गर्ने उनले जानकारी दिए ।
अतिक्रमणका कारण नारायणचौर र कमलपोखरीमा २३-२३ रोपनी जग्गा बाँकी छ । सरकारी र सामाजिक सेवामा रहेका ब्यक्ति र संस्थाले समेत सरकारी जग्गा अतिक्रमण गरेका स्थानीय सर्वसाधारण बताउँछन् ।
नारायणचौरमा बगैंचा निर्माण कार्य सकिने अवस्थामा पुगेको छ भने कमलपोखरीमा सम्पूर्ण निर्माण कार्य सकिन अझै तीन महिना लाग्ने प्राधिकरणले जनाएको छ । आयुक्त तिवारीले कमलपोखरीमा प्रवेशका लागि शुल्कसमेत लिइने जानकारी दिए ।
नारायणचौरमा दूबोका साथै वरिपरि रुख रहनेछ भने बस्नका लागि ठाउँँठाउँमा बेञ्च रहनेछ । त्यस्तै कमलपोखरीमा वरिपरि उद्यानका साथै बीचमा सफा पोखरी हुनेछ । कमलपोखरीमा फाउन्टेन पनि राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment