Comments Add Comment

गुरु नानकको जन्म जयन्ती मनाइँदै

२० कात्तिक, काठमाडौं । शिख धर्माबलम्बीहरुले बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरी गुरु नानकको जन्मजयन्ती मनाउँदैछन् ।
शिख धर्मका प्रवर्तक श्री गुरु नानक देवजीको यो ५ सय ४६ औं जन्मजयन्ती हो । जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री सुशील कोइरालाले गुरू नानक देवजी जन्म जयन्ती (प्रकाश उत्सव) को उपलक्ष्यमा सम्पूर्ण शिख धर्मावलम्वीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
सन्देशमा कोइरालाले भनेका छन्-‘नेपाल विभिन्न धार्मिक एवम् सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक भएकाले यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आˆनै सदभावयुक्त परम्परा छ, हाम्रा यी सबै धर्म हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहादर््रताका धरोहरहरु हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment