+
+
Shares

विमलेश र सम्पदाको सम्बन्धले जलिसके कृष्ण (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २० गते १२:४६

shreeकाठमाडौ । म्युजिक भिडियो हेरेर मनोरञ्जन लिने दर्शकका लागि अर्को एउटा खुराक थपिएको छ । सम्पदा बानिया, विमलेश अधिकारी र कृष्ण पोखरेलको मोडलिङ रहेको नयाँ भिडियो आएको छ ।

मोडल विमलेश १५ किलो ज्यान घटाएपछि पहिलोपटक प्रस्तुत भएका छन् । ‘ज्यान घटेपछि त म पनि ह्याण्डसम देखिएको रहेछु,’ विमलेशले जिस्कँदै भिडियो हेरेपछि भने ।

प्रकाशजंग कार्कीको गीतमा ध्रुव निशान पहाडीले स्वर दिएको यस भिडियोको निर्देशन फोटो पत्रकार श्रीधर पौडेलले गरेका छन् । ‘बल्दै गयौ तिमी उज्यालो छर्दै आफूलाइ चम्काउदै …’ बोलको गीतलाई जीबन्त बनाउने प्रयास निर्देशकले गरेका छन् ।

भिडियो हेर्दा लाग्छ, खासमा सम्वन्ध कृष्ण र सम्पदाको मजबुत हुनुपथ्र्यो तर, सम्पदाको सम्वन्ध विमलेशसँग गाढा हुन थालेको छ । त्यही पिडामा रहेका छन् कृष्ण । पछिल्लो म्युजिक भिडियोमा जम्दै गएकी सम्पदाले राम्रो अभिनय गरेकी छन् । ५० भन्दा बढी म्युजिक भिडियोमा काम गरेकी सम्पदा आगामी दिनमा पनि मोडलिङलाई निरन्तरता दिने योजनामा छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?