Comments Add Comment

निर्देशक आलोक नेम्वाङद्वारा आत्महत्या

Aalok-Nemwangअपडेटः नेपाली चलचित्र क्षेत्रका चर्चित निर्देशक आलोक नेम्वाङले आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका छन् । बिहीबार बेलुकी ८ बजे आफ्नै अपार्टमेन्टको तल्लो तलाको भर्याङमा झुण्डिएको अवस्थामा उनको शव प्रहरीले फेला पारेको हो । उनको शवलाई  पोष्टमार्टमका लागि काठमाण्डौको शिक्षण अस्पतालमा राखिएको छ ।

आज बिहान १० बजेपछि मात्र उनको पोष्टमार्टम हुनेछ । उनको आत्महत्यको कारण खुल्न सकेको छैन । परिवारले पनि यस बिषयमा कुनै जानकारी दिएको छैन । आलोक नेम्वाङका भिनाजु विजय लामाले सम्पूर्ण जानकारी परिवारले दिने भन्दै मिडियालाई संयमित भैदिन आग्रह गरेका छन् ।

उनको निवासबाट प्रहरीले सुसाइड नोट  फेला पारेको छ । यसमा के लेखिएको छ भन्नेबारे प्रहरीले खुलाइएको छैन । निर्देशक नेवाङको निधनको खबर थाहा पाएलगतै उनको अपार्टमेन्टमा  कलाकारहरु पुगेका थिए ।

को हुन् आलोक ?

अमेरिकामा पढेर आएपछि आलोक काठमाण्डौको सोल्टीमोडमा बस्दै आएका थिए । उनले सुरुवातमा ईमेज च्यानलबाट आफ्नो कामको सुरुवात गरेका हुन् । १७ बर्ष अगाडि उनले पहिलो पटक ‘लाखौँ पटक मैले कोशिश गरेँ’ बोलको  म्यूजिक भिडियो निर्देशन गरेका थिए । नविन के भट्टराइको आवाज रहेको यो भिडियो चर्चामा रहेको थियो ।

भिडियोमा आलोकले आफै अभिनय पनि गरेका थिए । आलोकसँग भिडियो खेल्नेमा नायिकाहरु झरना बज्रचार्य, संचिता लुइटेल, नम्रता श्रेष्ठदेखि रिमा विश्वकर्मा, केकी अधिकारी सम्म पर्छन् । यस्तै, बसमा छैन मेरो मन पनि आलोकको अर्को चर्चित भिडियो हो ।

नेपाली म्यूजिक भिडियोको दुनियाँमा आलोक थोरै गनिने निर्देशकको सूचीमा पर्छन् । विशेषगरि भिडियोमा रंगलाई महत्व दिने आलोकले पहिलो पटक नेपाली चलचित्र ‘सानो संसार’ निर्देशन गरेका थिए । सानो संसारपछि उनले ‘कोही मेरो’ चलचित्र निर्देशन गरे । दुबै चलचित्र व्यवसायिक रुपमा औषत रहेपनि आलोकको कामको प्रशंसा भयो ।

निर्देशक आलोक नेम्वाङ बस्दै आएको अपार्टमेन्ट
निर्देशक आलोक नेम्वाङ बस्दै आएको अपार्टमेन्ट

यसपछि उनी चलचित्र निर्देशनबाट केही पछि हटेका थिए । तर, करिब ५ बर्षको अन्तरालपछि आलोकले ‘अझै पनि’ चलचित्र निर्देशन गरेका थिए जुन प्रदर्शनको तयारीमा छ । आलोकले सात सय भन्दा बढि म्यूजिक भिडियो निर्देशन गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा नायिका नम्रता श्रेष्ठ, कर्मा, विनय श्रेष्ठ लगायतका कलाकारलाई आलोकले नै सानो संसारबाट भित्राएका हुन् । उनी पशुपंक्षी प्रेमी पनि हुन् । लामो समयदेखि एक्लै बस्दै अाएका आलोकको घरका साथी कुकुर र  विरालो मात्र थिए ।

aalok-death

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment