Comments Add Comment

लुम्बिनीका तीन जिल्लामा उच्च सतर्कता

modi-in-ca२१ कात्तिक, बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गर्ने भएपछि सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । मोदीको भ्रमणका लागि तराईका तीन जिल्लामा उच्च सतर्कता अपनाइएको हो ।

लुम्बिनी अञ्चलको रुपन्देही, नवलपरासी र कपिलवस्तुमा उच्च सुरक्षा अपनाइएको सुरक्षा स्रोतले जनाएको नयाँ पत्रिकामा खबर छ । यी जिल्लामा सुरक्षाकर्मी थप गरी परिचालन गरिएको छ । लुम्बिनीको सुरक्षा अवस्थाबारे केन्द्रीयस्तरबाटै विशेष निगरानी बढाइएको स्रोतको भनाई छ ।

सुरक्षाको विषयमा जानकारी लिन सुरक्षा निकायका केन्द्रीय स्तरका अधिकारी लुम्बिनी आउँने क्रम पनि बढेको छ । विहीबार गृह सचिव सूर्य सिलवाल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख जीतबहादुर केसी, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक सहित उच्च अधिकारीले लुम्बिनीको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरेका छन् । उनीहरुले तीनै जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment