Comments Add Comment

शहरमा नयाँ चलचित्रः टुल्के, एउटा साथी र सरी ल

fridayकाठमाडौं । शुक्रवारदेखि मुलुकभर तीन फिल्मविच प्रतिस्पर्धा सुरु भएको छ । निश्चल बस्नेत निर्देशित ‘टलकजंग भर्सेज टुल्के’ लक्ष्मण सुवेदी निर्देशित ‘एउटा साथी र ऋषि लामिछाने निर्देशित ‘सरी ल’ विच कडा प्रतिस्पर्धा हुने भएको छ ।
टुल्के काठमाडौमा एक साताअघि प्रदर्शन भएको थियो भने, मोफसलका ३४ हलहरुमा शुक्रवारदेखि प्रदर्शन सुरु भएको छ । काठमाडौको पनि गुण सिनेमा, गोपीकृष्ण मुभीज र अष्टनारायण हलमा टुल्के प्रदर्शन जारी रहने छ ।
अन्य दुई फिल्म ‘एउटा साथी’ र ‘सरी ल’ नयाँ हुन् । पारिवारिक प्रेमकथामा आधारित भनिएको दुबै फिल्म शुक्रवारदेखि मुलुकभर प्रदर्शन सुरु भएको छ । लामीछाने र सुवेदी दुबैले आफ्नो फिल्म राम्रो भएको दाबी गरिरहेका छन् । बजारमा प्रतिस्पर्धा भने ‘सरी ल’ र ‘एउटा साथी’ विच नै हुने भएको छ ।
आम दर्शकमा टुल्के फरक फिल्म हो भन्ने बुझाइ रहेको छ भने सरी ल र एउटा साथी एउटै शैलिको फिल्म रहेको बुझाइ छ ।
लामिछानेको निर्देशन रहेको ‘सरी ल’मा राजन खतिवडा, अनिता आचार्य, सुवास थापा, अञ्जु केसी लगायतका कलाकारले अभिनय गरेका छन् । सुवेदीको एउटा साथीमा सालोन बस्नेत, रिस्ता बस्नेत, करिष्मा श्रेष्ठ, नारायण पुरी लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् ।

चितवनका दर्शकलाई टुल्केको निम्तो
पूर्वका शहरमा फिल्मको प्रचारका लागि पुगेको ‘टलकजंग भर्सेट टुल्के’ युनिट नारायणघाट आइपुगेको छ । इटहरी, बिराटनगर, धरान, बिर्तामोड लगायत पूर्वका शहरका दर्शकसंग भेटघाट गर्दै चितवन आइपुगेको निर्माता रबिन्द्र सिंह बानियाँले बताए ।
‘पूर्वका दर्शकसँग भेटघाट गर्दै चितवन आइपुग्यौ, चितवनका दर्शकले पनि हामीलाइ माया गर्नुहुन्छ भन्ने बिश्वास छ ।’ बानियाँले भने । उनले चितवनका दर्शकलाई संगै बसेर फिल्म हेर्न निम्तो समेत गरेका छन् ।
नारायणघाटमा रहेको सिएमए सिनेमा हलमा १२ बजेको शो हेर्न आउन दर्शकलाई निम्तो गरेका बानियाँले दर्शक र कलाकार संगै बसेर फिल्म हेर्ने बताए ।
अहिले फिल्मको प्रचार प्रशारका लागि निर्देशक निश्चल बस्नेत, दयाहाङ राइ, ऋचा शर्मा, शुसांक मैनाली र खगेन्द्र लामिछाने दर्शक भेटघाटमा ब्यस्त छन् । काठमाडौमा एकसाता अघि प्रदर्शन भएको यो फिल्म आज -शुक्रवार) देखि मोफसलका ३४ हलमा प्रदर्शन हुने भएको छ । चितवनपछि टुल्के युनिट पोखरा जाने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment