Comments Add Comment

‘कारागार र हिरासत मानव अधिकारमैत्री बनाऊ’

NHRC२१ कात्तिक, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपालको कारागार तथा हिरासत केन्द्रहरूको भौतिक पूर्वाधार मानव अधिकारमैत्री हुनुपर्नेमा जोड दिएको छ ।

आयोगका सदस्यद्वय सुदिप पाठक र गोविन्द शर्मा पौड्यालले कास्की, पर्वत र बाग्लुङका कारागार तथा हिरासत केन्द्रहरूको अनुगमन गरेपछि आयोगले ती केन्द्रहरू मानव अधिकारमैत्री हुनुपर्ने आवश्यकतामा जोड दिएको हो ।

सदस्यद्वय पाठक र पौड्यालले कास्कीमा रहेका कारागार तथा हिरासत केन्द्रहरूको संयुक्त रूपमा अनुगमन गरेका थिए भने पौड्यालले पर्वत र बाग्लुङका कारागार तथा हिरासत केन्द्रहरूको अनुगमन गरेका थिए ।

आयोगको प्रारम्भिक अनुगमन प्रतिवेदनमा कास्की, पर्वत र बाग्लुङका कारागार तथा हिरासत केन्द्रहरूका क्षमताभन्दा अत्याधिक संख्यामा बन्दीहरू राखिएको तथा भौतिक पूर्वाधारहरू जीर्ण रहेको उल्लेख छ ।

आयोगले यसअघि काठमाडौंस्थित नख्खु कारागारबाट अनुगमन कार्य शुरु गरेको थियो । देशैभरको कारागार तथा हिरासत केन्द्रहरूको अनुगमन गर्ने लक्ष्य रहेको आयोगले शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment