Comments Add Comment

एप्पलका डिभाइसमा भयानक भाइरस आक्रमणको खतरा

wirelurker

अमेरिकी कम्पनी एप्पलका मोबाइल तथा कम्प्युटर डिभाइसहरु निकै भयानक भाइरस आक्रणको खतरामा छन् । शोधकर्ताहरुले यस्तो भाइरस आक्रमणको जोखिम अहिलेसम्म देखिएमध्येकै सबैभन्दा भयानक तथा ठूलो परिमाणमा रहेको बताएका छन् ।

वायरलर्कर नाम दिइएको उक्त मालवेयर(भाइरस) यस्तो मालवेयर हो जसले एप्पलको आइओएस अपरेटिङ सिस्टमयुक्त म्याक कम्प्युटर तथा फोन र ट्याबलेट सबैलाई युएसबी केवलले जोडिएको बेला निसाना बनाउँछ ।

यसले म्याक कम्प्युटरलाई संक्रमित बनाइसकेपछि जब मोबाइल डिभाइस युएसबी मार्फत उक्त कम्प्युटरमा जोड्दाका बखत भाइस मोबाइलमा फैलिन्छ र विभिन्न खाले भाइरसजन्य एप इन्स्टल गर्न सुरु गर्छ ।

मुख्य शोधकर्ता क्लाउड जिआओका अनुसार यो नयाँ भाइरसले एप्पलको डेक्सटप तथा मोबाइल डिभाइसमा आक्रमणको नयाँ युगको सुरुवात गर्ने खतरा छ ।

युएसबी मार्फत म्याकबाट आइओएस डिभाइसमा आक्रमण गर्ने यो अहिलेसम्मकै दोश्रो भाइरस मानिएको छ । साथै एप्पल डिभाइसमा आफै भाइरसजन्य आइओएस एप्लिकेसन सिर्जना गर्ने खालको यो पहिलो भाइरस हो ।

ग्याजेटमा आक्रमण गरेसँगै यो भाइरस प्रयोगकर्ताका सूचना चोरी गर्न सक्षम हुन्छ । यो मालवेयर सक्रिय विकाशको चरणमा रहेको र यसका निर्माताको उद्धेश्य अझै स्पष्ट नभएको शोधकर्ताको भनाइ छ ।

पालो अल्टो नेटवर्कका अनुसार यस्तो भाइरसको आक्रमण अहिले चीनमा मात्रै केन्दि्रत छ र चिनिया एप्पल प्रयोगकर्ता मात्र यसबाट प्रभावित भएका छन् । यो मालवेयर चिनिया तेश्रोपक्ष एप स्टोर मेयादीबाट सिर्जना भएको हो ।

एप्पलले यस्तो खाले आक्रमणकारी एपलाई बन्देज लगाइएको भन्दै प्रयोगकर्तालाई आधिकारिक एप स्टोरबाट मात्रै एप डाउनलोड गर्न आग्रह गरेको छ । एप स्टोरमा अहिलेपनि यस्ता विभिन्न ४ सय संक्रमित एप रहेको र त्यसलाई साढे ३ लाख प्रयोगकर्ताले डाउनलोड गरिसकेको बताइएकेा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment