Comments Add Comment

बिदेशमा आफन्त गुमाउनेलाई सघाउँदै ‘राहदानी’

rahadani-charity-1
बिदेशमा आफन्त गुमाएका २ सय ५० भन्दा बढी विद्यार्थीहरुको अध्ययनका लागि चलचित्र राहदानीले आर्थिक सहयोग जुटाउने भएको छ । यसका लागि विभिन्न आठ शहरमा ‘च्यारिटी शो’ सुरु भएको छ ।
बैदेशिक रोजगारीमा जाने क्रममा मृत्य भएका एवं अंगभंग भएकाहरुको सन्तानको शिक्षाका लागि ‘एशिया मानव अधिकार तथा सँस्कृतिक विकास मञ्च’सँग मिलेर आर्थिक संकलन सुरु गरेको निर्देशक डब्बु क्षत्रीले जानकारी दिए ।
चितवनको गणेश सिनेमा हल, कावासोतीमा रहेको गणपति चित्र मन्दिर र दाउन्ने पार्टी प्यालेस वर्दघाटमा च्यारिटी शो सम्पन्न भैसकेको छ ।  बुटबलको मिलन चलचित्र मन्दिरमा २३ कात्तिक, तानसेनको सन्तोष फिल्म हलमा २४ कात्तिक र परासीबजारको सन्तोषीमा सिनेमा हलमा २५ कात्तिकमा चलचित्र प्रदर्शन हुने भएको छ ।
‘राहदानी’ मा दयाहाङ राई, नविन लम्साल, रुपा खनाल, अशोक रिजाल, सृजना सुब्बा, मोनिका दाहाङ, फुपु तेन्जिङ शेर्पा, दिनेश दुलाल, विद्या कार्की, अस्मिता बस्नेत, लक्ष्मण बिक्रम बस्नेत सहितको अभिनय रहेको छ ।
बैदेशिक रोजगारीमा गएर दुःख पाएकाहरुलाई सेवा गर्नु आफ्नो उदेश्य भएको दाबी गर्ने निर्माता लक्ष्मी ढकालले चलचित्र राम्रो बनेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment