Comments Add Comment

दुर्घटनामा दुई जनाको मृत्यु, २७ घाइते

२२ कात्तिक, नवलपरासी । नवलपरासीको बर्दघाट दाउन्नेबीच जंगलमा पर्ने एस मोडमा शनिबार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी रुपन्देही सिक्टहन गाविसका उषा बरई र कास्कीको हेङजा बस्ने ४० वर्षका बद्री विक्रम भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कुमार प्रसाद मैनालीले बताए ।

दुर्घटनामा परि २७ जना घाइते भएको छन् । घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ ।

नारायणगढबाट बुटवलतर्फ जांदै गरेको ना ३ ख ४३७६ नम्बरको ट्रक र बुटवलबाट नारायणगढतर्फ आउंदै गरेको ना ५ ख ६६६ नम्बरको बस एक आपसमा ठक्कर खांदा सो दुर्घटना भएको हो ।

दुर्घटना परी घाइते भएकाहरुको बुटवलको लुम्बिनी अञ्चल अस्पताल र बर्दघाटका स्थानीय मेडिकलहरुमा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment