Comments Add Comment

प्रधानमन्त्रीले फेसबुकबाटै मागे मन्त्रीको नाम

चुनावका बेला नेताहरुले फेसबुकको प्रयोग कुनै अनौठो होइन् । तर, कुनै प्रधानमन्त्रीले फेसबुकबाटै मन्त्रीको नाम जनतासँग माग्यो भने ?

khaled_bahah_yemen_prime_minister

यस्तै अनौठो गरेका छन अरवी मुलुक यमनका नव नियुक्त प्रधानमन्त्रीले । राजनीतिक उथलपुथलपछि हालै प्रधानमन्त्री नियुक्त भएका त्यहाँका प्रधानमन्त्रीले फेसबुकबाट जनतासँग मन्त्रीको नाम मागेका छन् ।

नोभेम्बर एक तारिखमा आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै प्रधानमन्त्री खाली बहाहले राष्ट्रिय एकताको सरकारमा कसलाई मन्त्रीका रुपमा देख्न चाहानुहुन्छ भन्दै नाम मागेका छन् । प्रधानमन्त्रीको यो हर्कतपछि यमनमा सरकार गठनका लागि सामाजिक सञ्जालको उपयोगको बहस सुरु भएको छ ।

प्रधानमन्त्रीको यो प्रश्नमा अहिलेसम्म करिव १४ हजार प्रतिक्रिया आएका छन् । मानिसहरुले बिभिन्न मन्त्रीका लागि सयौं नाम सिफारिस गरेका छन् ।

yemani-priminister-campaign
यमनी प्रधानमन्त्रीले फेसबुकमा नयाँ ह्यासट्यागसहित प्रधानमन्त्री माग्ने अभियान सुरु गरेका छन जसको अर्थ हुन्छ- नीति निर्माताको सहयोगको खातिर ।’

केही प्रतिक्रिया भने नाम सिफारिस गर्नुभन्दा पनि प्रधानमन्त्रीको फेसबुके कदमको पक्ष र बिपक्षमा छन् ।

‘मलाई लाग्छ तपाई विश्वको पहिलो प्रधानमन्त्री हो, जसले टोक्नोक्रेटिक सरकार बनाउनुअघि जनतासँग राय माग्नु भएको छ ।’ एक प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन-‘ तपाईले निर्णय लिने प्रक्रियामा आम मानिसलाई सामेल गराउन खोज्नुभएकाले तपाईमाथि विश्वास बढ्छ ।’

यमनका प्रमुख समाजिक कार्यकर्ता फरिया अल-मुस्लिमीले भन्छन-‘यमनमा नेता र नीति निर्माताहरु आम रुपमा घरमा लुकेर बस्छन् र जब अगाडि आउँछन्, समस्यामा पर्छन् । उनीहरु योजना बनाउने र नीतिहरु तय  गर्ने समयमा मानिसका आगाडि पर्दैनन् ।’

केहीले प्रधानमन्त्रीको पोष्टमा व्यङग्य गरेका छन् । एक प्रयोगकर्ताले प्रधानमन्तत्रीको पोष्टमा कमेन्ट गर्छन – ‘के हामी चीनबाट रेडिमेट सरकार माग गर्न सक्दैनौं ?’

केहीले भने प्रधानमन्त्रीको यो प्रयासलाई अनावश्यक भनेका छन् । ‘यस्तौ लाग्छ कि तपाईले अहिले नै समर्पण गर्नुभयो । प्रधानमन्त्रीका रुपमा तपाईसँग आफ्नो लक्ष्य हाँसिल गर्ने उद्देश्य हुनुपर्छ ।’ एक प्रयोगकर्ताले असन्तुष्टी जनाउँदै भने ।

अर्का प्रयोगकर्ताले यमनका २ करोड ४० लाख जनतामध्ये ८ लाख फेसबुकमा रहेको भन्दै यस्तोमा जनताको राय कसरी प्रकट हुन्छ भन्दै प्रधानमन्त्रीसमक्ष प्रश्न गरेका छन् ।

अगष्टमा तेलको मूल्यमा दिइएको छूट हटाउने निर्णयपछि राजनीतिक फेरबदल भयो । विरोध प्रदर्शनका क्रममा राजधानीमा हिंसात्मक झडप भएपछि तत्कालीन प्रधानमन्त्री मोहम्मद बासिनदोवाले राजीनामा दिनुपर्‍यो ।

यो परिर्वतनपछि त्यहाँ पहिलो राष्ट्रिय एकताको सरकार बन्दैछ ।

(अरबी भाषामा लेखिएको स्टाटस र त्यहाँ उल्लेखित प्रत्रिक्रियाको उल्था गल्फ न्यूजले गरेको हो ।-सं)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment