Comments Add Comment

निशालाई ‘आभाष’को आशा, निर्माताको जन्मदिनमा यस्तो घोषणा

nisha-ni-aavash

निरन्तर असफल चलचित्र दिएपछि नायिका निशा अधिकारीको करिअर पनि संकटमा छ । उनी पछि आएका अन्य नायिकाले समेत उनलाई उछिनेको अवस्था छ । यसैले पनि नायिका अधिकारीका लागि सफल चलचित्र करिअरका लागि महत्वपुर्ण देखिन्छ ।

निर्माता गोविन्द शाहीले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ चलचित्र ‘आभाष’को मुहार र प्रदर्शन मिति सार्वजनिक गरे । नायिका निशा अधिकारीलाई केन्द्रविन्दुमा राख्दै निर्माणपक्षले पौष २५ गते प्रदर्शन मिति तय गरेको छ । यसैले पनि सम्पादनमा सफल रहेका सुरेन्द्र पौडेल निर्देशित यो चलचित्र निशाका लागि महत्वपुर्ण देखिन्छ ।

माघे संक्रान्तिको एक साताअघि हलमा लाग्न लागेको यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्ने निर्माता शाहीको तर्क छ । सार्वजनिक गरिएको क्यारेक्टर पोष्टरमा कलाकार संयम पुरीलाई पनि अगाडि सारिएको छ । यो चलचित्रमा सलोन बस्नेत, आस्मा डीसी, सुनिल रावलको पनि मुख्य भूमिका छ । चलचित्रले टीनएज लभस्टोरीको कथा बोल्छ । चलचित्रमा पवन श्रेष्ठ, दीपक शाहीको पनि लगानी छ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, गम्भिर बिष्टको नृत्य, चन्द्र पन्तको एक्सन, सुजेन्द्र डी कार्की, छेतन गुरुङ, प्रकाश नेपाली र सुरेन्द्र पौडेलको सम्पादन तथा संगीत छ । samyam-puri

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment