+
+
Shares

बन्द भयो आत्महत्याको सूचना दिने एप

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २३ गते १७:५६

twitter app

व्यक्तिले आत्महत्या गर्न लागेको सम्भावित सूचना दिने एप बन्द गरिएको छ । एक्लोपना तथा डिप्रेसन पीडित मानिसलाई सहयोग गर्दै आएको बेलायतको च्यारिटी संस्था समरिटन्सले बनाएको समरिटन्स राडार नामक टि्वटर एप ‘गम्भीर’ चिन्ताका कारण बन्द गरिएको बताइएको छ ।

उक्त एपका माध्यमबाट आत्महत्या गर्ने सोँचमा रहेका टि्वटर प्रयोगकर्ता पहिचान गर्न सकिन्थ्यो । २९ अक्टोबरमा सार्वजनिक गरिएको यो एपले आत्महत्याको सोँचमा रहेको टि्वटर प्रयोगकर्ताले आफ्नो टि्वटरमा निकै निरासाजनक तथा आत्मघाती विचारका सन्देश पोष्ट गरेसँगै त्यसको सूचना उसलाई फलो गरिरहेकाहरुलाई दिन्थ्यो ।

यो एपमा त्यस्ता केही शव्द तथा शव्दावलीहरुलाई चयन गरिएको थियो जसले व्यक्ति निकै निरास तथा हार्ने अवस्थामा रहेको संकेत दिन्थे । ‘टायर्ड अफ विइङ अलोन’ (एक्लै हुँदा थकित छु), हेट माइसेल्फ(आफैप्रति घृणा छ), डिप्रेस्ड(निकै निरास भएको अवस्था हो ), हेल्प मी (मलाई सहयोग गर्नुस्) तथा निड समवन टू टक (कुराकानी गर्न कोही मान्छे चाहिएको छ ) भन्ने जस्ता वाक्यांशका माध्यमबाट टि्वटर प्रयोगकर्ताको अकाउण्टको निगरानी गर्दथ्यो ।

तर यो एपका आलोचकहरुले भने यस्तो खाले एपले टि्वटर प्रयोगकर्ताका संवेगात्मक तथा मानिसक स्वास्थ्य बारेका संवेदनशील सूचना संकलन, संश्लेषण तथा साझेदारी समेत गरी व्यक्तिको गोपनीयताको हनन गरेको भन्दै त्यसमाथि प्रतिबन्ध लगाउन हस्ताक्षर संकलन समेत गरेका थिए । आलोचकहरुका अनुसार यो एपले मानसिक समस्यासँग जुधिरहेका मानिसहरुलाई झनै असुरक्षित बनाएको दाबी गर्दै आएका थिए ।

तिब्र आलोचना पछि समरिटन्स आफैले यो एप बन्द गरेको घोषणा गरेको हो । व्यापक पृष्ठपोषण तथा सुझावका आधारमा पछि सोँचविचार गर्नेगरी तत्कालका लागि यो एप्लिकेसनलाई निलम्बन गरिएको समरिटन्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?