Comments Add Comment

सिक्वेलमा रमाउँदै निर्देशक, यशकुमार ‘बाटोमुनीको फूल २’ बनाउने

bato muni ko ful
काठमाडौं। ‘नाइ नभन्नु ल’ सफल भएपछि निर्देशक विकास आचार्यले सिक्वेल बनाए ‘नाइ नभन्नु ल-२’ । पहिलो चलचित्रले भन्दा राम्रो ब्यापार गर्‍यो । त्यसपछि हौषिएका निर्देशक आचार्य अहिले ‘नाइ नभन्नु ल-३’ को सुटिङमा ब्यस्त छन् ।
‘पहिलो र दोस्रो भन्दा तेस्रो झन राम्रो बनाउने छु, किनकी मलाई दर्शकले विश्वास गरेका छन् ।’ निर्देशक आचार्यले भने ।
नेपालमा सिक्वेलको अवस्था राम्रो छैन भन्ने बुझेका आचार्यले आफ्नै चलचित्र चलेपछि हौसला मिलेको बताए । ‘सिक्वेलको नतिजा राम्रो छैन, नगर्दा हुन्छ भन्ने सल्लाह मलाइ पनि धेरैले दिएका थिए तर, मैले सिक्वेल चल्छ भनेर देखाइदिएँ ।’ उनले भने ।
आचार्यको कामले तारिफ पाएकाले होला अर्का निर्माता यसकुमार पनि ‘बाटोमुनीको फूल’ को सिक्वेल बनाउने तयारीमा छन् । मंसिर १ गतेदेखि सुटिङमा जाने तयारीमा रहेका यस कुमारले नयाँ चलचित्रमा निर्देशक र कलाकार भने परिवर्तन गरेका छन् ।
उनको पहिलो चलचित्रमा निर्देशक सुरज सुब्बा ‘नाल्बो’ थिए भने दोस्रो चलचित्रको निर्देशन सुबर्ण थापाले गर्ने भएका छन् । नायिकामा पनि रेखा थापा र नन्दिता केसीको साटो आशिष्मा नकर्मी र रीमा विश्वकर्मा रहनेछन् ।
यो फिल्ममा नायक बाबु बोगटी भने दोहोरिने छन् । यस कुमारको भनाइ अनुसार ‘बाटोमुनीको फूल’ लाइ दर्शकले मन पराएका थिए सोही कारण सिक्वेल बनाउन लागिएको हो । समयको माग अनुरुप नायिका परिवर्तन गरेको बताउने यस कुमार चलचित्रको विषय मौलिक भएको दाबी गर्छन् ।
तर, राम्रो छैन इतिहास
नेपालमा सिक्वेल बनाउने परम्परा भर्खरै सुरु भएपनि पुरानै नाममा फिल्म बनाउने परिपाटी भने सुरु भैसकेको छ । तर, ती फिल्मले राम्रो नतिजा दिएका छैनन् ।
शम्भु प्रधानले २० वर्ष अगाडी ‘सम्झना’ नाम राखेर फिल्म बनाएका थिए भने तत्कालीन समयका दर्शकले सम्झनालाई निकै मन पराएका थिए । त्यसको १० वर्षपछि चीरञ्जीबी खरेलले सोही नामको अगाडी ‘उनको’ शब्द थपेर चलचित्र ‘उनको सम्झना’ बनाए तर, चलेन ।
जबकि उनले फिल्म बनाउदाताका आफु सम्झनावाट प्रभावित भएको बताएका थिए । तुलसी घिमिरे निर्देशित चिनो र प्रकाश थापा निर्देशित कन्यादान हेरेर अहिले पनि मनोरञ्जन लिन्छन् दर्शक ।
त्यही नाममा सोभित बस्नेतले फिल्म बनाए । तर, दुबैले दर्शकको नमिठो झापड खाए । ‘सिल्भर जुब्ली’ मनाउन सफल घिमिरेकै अर्को चलचित्र ‘कुशुमे रुमाल’ को सिक्वेल बनाए तन्नेरी निर्देशक निरक पौडेलले । निरकको कुशुमे रुमालले पनि दर्शकलाई सन्तुष्ट बनाउन सकेन ।
प्रकाश थापा निर्देशित अर्को सफल चलचित्र ‘सन्तान’को पनि सिक्वेल बनेको थियो । नयाँ सन्तानलाई पनि दर्शकले पटक्कै रुचाएनन् । यतिसम्म कि नयाँ सन्तानलाई काठमाडौमा पोष्टर टाँसेको पैसा उठाउन पनि धौ-धौ पर्‍यो ।
पुरानै नाममा जसले फिल्म बनाए ती निर्देशक केबल नामकै भर परेकाले समस्या भएको चलचित्रकर्मीको भनाइ छ । कुनै पनि फिल्ममा तत्कालिन समाजको चित्रण हुन जरुरी छ ।
चिनो, सन्तान, कन्यादान, कुशुमे रुमाल जति पनि फिल्म बने ति निर्देशकले आफ्नो चलचित्रको विषय बस्तुमा ध्यान दिनुको साटो नाममै भर परे ।
‘चलेको नाममा फिल्म बनाएपछि चलिहाल्छ भन्ने मान्यताले पनि फिल्म कमजोर भएको धेरैको बुझाइ छ । चिनो र कन्यादान बनाएका सोभित बस्नेत भन्छन-‘पुराना नाममा फिल्म बनाउँदा जोखिम धेरै हुँदो रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment