+
+

प्रचण्ड चार दिन रोल्पातिरै रहने

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २४ गते ९:५२

prachanda-२४ कात्तिक, काठमाडौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमवार रोल्पा जाँदैछन् । माओवादी युद्धको उद्गमथलो मानिने रोल्पा जान लागेका उनले रोल्पालीहरुको भावना बुझ्ने प्रयत्न गर्नेछन् ।

लामो समयसम्म रोल्पालीलाई विर्सिएका प्रचण्डले यसपटक चार दिनसम्म त्यस क्षेत्रमा विताउने भएका छन् । पछिल्लो समय संघीयताबारे सत्तारुढ प्रमुख दलहरुसाको खाडल झनै फराकिलो भएपछि उनी मधेसवादी दलहरुलाई साथ लिएर पहिचानसहितको संघीयताको पक्षमा देश दौडाहामा छन् ।

मधेसका केही जिल्लामा मधेसवादीसहित २२ दलको आयेाजनामा भएका कार्यक्रमहरुमा प्रचण्ड निकै आक्रामक ढंगले प्रस्तुत भएका थिए । प्रमुख सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेले विना पहिचानको सात प्रदेशको अवधारणा अघि सारेपछि एमाओवादीसहित विपक्षी दलहरु रुष्ट बनेका छन् ।

उत्पीडित जाति क्षेत्रको पहिचानकै नारा दिएर विगतमा गरेको बाचा आफूले नर्बिसिएको भन्दै रोल्पालीलाई पुनः सचेत गराउाने रोल्पा भ्रमणमा निस्किएका प्रचण्ड टोलीको मिशन छ ।

कात्तिक २८ गतेसम्म रोल्पामा रहने एमाओवादी अध्यक्ष प्रचण्डको टोलीमा महासचिव कृष्णबहादुर महरा, सचिव वर्षमान पुन तथा नन्दकिशोर पुनलगायत रहनेछन् । एमाओवादी शीर्ष नेतृत्व टोलीमा उपाध्यक्ष डा.बाबुराम भट्टराई लगायतका नेताहरु भने नरहने बताइएको छ । रोल्पामा कुनै औपचारिक कार्यक्रमहरु भने नभएको एमाओवादी रोल्पाले जनाएको छ ।

चार दिने रोल्पा यात्राको क्रममा प्रचण्डले सहिद परिवार, घाइते-अपाङ्ग तथा जिल्लाका सक्रिय कायकर्ताहरु तथा युद्धकालमा सहयोग गरेका परिवारसाग भेटघाट गर्ने योजना रहेको छ । रोल्पाको होलेरीबाट सुरु हुने प्रचण्डको यात्रा गजुलमा गएर टुङ्गीने छ ।  सत्तारुढ दल र विपक्षी दलहरुबीचको असमझदारी चरम उत्कर्षमा पुगेको बेला प्रचण्डको चार दिने रोल्पायात्रालाई निकै महत्वका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?